मुख्य समाचार
कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताए
कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताए

। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा बिचौलिया हाबी हुन लागेको सुनेको बताउँदै कोइरालाले अर्थतन्त्रमा खेलाँची नगर्न सरकारलाई चेतावनी दिए ।

गभर्नर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने त्यसमा सरकारलाई चुनौती दिने बताउँदै उनले भने, ‘सरकारका लागि दुर्भाग्य त हुन्छ नै । नेपालका लागि पनि दुर्भाग्य हुन्छ । यो अन्त्यन्त गम्भीर विषय हो ।’

डा. सुमन कोइरालाद्वारा लिखित ‘कात्रोमा खल्ती’ पुस्तकको काठमाडौंमा बिमोचन कार्यक्रममा कोइरालाले वर्तमान सरकारले सुशासनको प्रत्याभूति गर्न नसकेको बताए ।

कांग्रेस र एमालेको सरकार बनाउँदा गरिएको परिकल्पना सत्ता सञ्चालन नभएको कोइरालाको टिप्पणी थियो ।

सरकार गठन हुँदा संविधान संशोधनको मुद्दा उल्लेख गरिए पनि त्यसप्रति प्रक्रिया अघि नबढेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
बल्खुको प्रदर्शनमा कांग्रेस, एमाले र माओवादीकै झण्डा लिएर आए पनि हुन्छ : लिङ्देन
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा गरेको खबरदारीमा घुसपैठ भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । कार्यक्रम बिथोल्न खोजेको भन्दै राप्रपाले नै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको बताएको छ । राप्रपाको बागमती प्रदेशको आयोजनामा भएको यो कार्यक्रमा पक्राउ परेकाहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा दाङको घोराही–४ घर भएका कीर्तिपुर बस्ने ...
। विद्यालय शिक्षा विधेयकको माग गर्दै काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनप्रति गोरखाका स्थानीय तहहरूले ऐक्यबद्धता जनाएका छन् । सोमबार जिल्लाका ११ वटै स्थानीय तहका अध्यक्षहरूले संयुक्त विज्ञप्ती जारी गर्दै शिक्षकहरू को माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकलाई नजर अन्दाज गरी अकस्मात संसद् अधिवेशन अन्त्य गर्नु राज्यले शिक्षा क्षेत्रलाई नै अवमुल्यन र ...
। काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको प्रदर्शनमा तोडफोड र आगजनी भएपछि मंगलबार बल्खु क्षेत्रका व्यवसायीहरूले सटर बन्द गरेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि व्यक्तिको सटर, घर तथा पसलमा तोडफोड र आगजनी भएको थियो । बल्खु क्षेत्रमा पनि त्यस्तै प्रकृतिको घटना हुनसक्ने भन्दै व्यवसायीहरूले भने पसल नै बन्द गरेका छन् । तर बल्खुको प्रदर्शन भने आज शान्तपूर्ण रह्यो ...
। प्रारम्भिक बालविकास (ईसीडी) दुई वर्षको बनाउने सहमति भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफलको क्रममा इसीडीलाई दुई वर्षको बनाउने सहमति जुटाएको हो । ‘ईसीडीका कर्मचारी-सजजकर्ता विद्यालय मातहत रहन्छ । दुई वर्षको बनाउने सहमति जुटेको छ,’ समितिका एक सदस्यले भने । अनिवार्य तथा नि:शुल्क शिक्षा ऐनले इसीडी १ ...