मुख्य समाचार
अमेरिकामा ट्रम्प-मस्क नीतिको विरोधमा १२०० भन्दा बढी र्‍याली
अमेरिकामा ट्रम्प-मस्क नीतिको विरोधमा १२०० भन्दा बढी र्‍याली

। अमेरिका शनिबार विशाल विरोध प्रदर्शनको केन्द्र बन्यो, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्योगपति एलन मस्कको नीतिहरूको विरोधमा देशभर १२०० भन्दा बढी र्‍यालीहरू निकालिए।

‘ह्याण्ड्स अफ’ नाम दिइएको यस आन्दोलन सामाजिक सुरक्षा, रोजगारी कटौती, मानव अधिकार र आर्थिक नीतिको विरोधमा निकालिएको हो ।


‘ह्याण्ड्स अफ’ भन्ने नाराको सन्देश हो- ‘हाम्रो अधिकारबाट हात हटाउ’ । अमेरिकी नागरिकको स्वतन्त्रता र अधिकारमा हस्तक्षेप नगर्न प्रदर्शनकारीहरूले चेतावनी दिएका छन् ।

शनिबार आयोजित राष्ट्रव्यापी विरोधमा श्रमिक संगठन, सिभिल राइट्स संस्था, एलजीबीटीक्यू प्ल्स अभियन्ता, भूतपूर्व सैनिक र चुनावी कार्यकर्ताहरू लगायतका १५० भन्दा बढी समूहहरूको उल्लेखनीय उपस्थिति थियो।

सामाजिक सञ्जालमा साझा गरिएका तस्बिरहरूमा फ्लोरिडाको सेन्ट अगस्टिनदेखि साल्ट लेक सिटी, र वर्षा भइरहको फ्र्याङ्कफर्ट, केन्टकीसम्म भीड देखिन्छ।

शनिबार अमेरिका भरिका सहर र साना बस्तीहरूमा हजारौँ प्रदर्शनकारीले सडकमा उत्रिएर सरकारको नीति, आर्थिक अस्थिरता र लोकतन्त्रमाथिको आक्रमणको विरोधमा आवाज उठाएका हुन् ।

प्रदर्शनकारीहरू राष्ट्रिय निकुञ्ज र साना व्यवसाय, सार्वजनिक शिक्षा, पूर्वसैनिकका लागि स्वास्थ्य सेवा, गर्भपतन अधिकार, र निष्पक्ष निर्वाचनको पक्षमा आवाज उठाए । उनीहरूले भन्सार शुल्क, धनाढ्य उद्योगपतिहरू (ओलिगार्की), अन्धकारपूर्ण चुनावी चन्दा (डार्क मनी), फासिवाद, कानुनी आप्रवासीको निष्कासन, र ‘सरकारी दक्षता विभाग’ विरुद्ध पनि आवाज उठाए।



भीडको ठ्याक्कै अनुमान लगाउन गाह्रो भए पनि आयोजकहरूका अनुसार ६ लाखभन्दा बढी मानिसले सहभागी हुने भनेर दर्ता गरेका थिए ।

म्यानह्याटनको फिफ्थ एभिन्युमा विरोध प्रदर्शन करिब २० ब्लकसम्म फैलिएको थियो। शिकागोमा डेली प्लाजा र वरिपरिका सडकहरू हजारौँ प्रदर्शनकारीले भरिएका थिए, वासिङ्टन डीसीमा दसौँ हजार मानिस वाशिङ्टन मोनुमेन्ट वरिपरि भेला भए।

न्युयोर्क टाइम्सका अनुसार एटलान्टामा, पुलिसको अनुमान अनुसार २०,००० भन्दा बढी मानिसहरू सुनौलो गुम्बज भएको राज्य संसद भवनतर्फ मार्च गरेका थिए।

आन्दोलन चलिरहेको बेला राष्ट्रपति ट्रम्प भने फ्लोरिडामा गल्फ खेलिरहेका थिए । उनले देशव्यापी प्रदर्शनलाई बेवास्ता गरेको सन्देश दिन चाहेका देखिन्थे । ह्वाइट हाउसले पनि यसबारे तत्काल कुनै टिप्पणी गरेको छैन।

केही प्रदर्शनकारीहरूले अमेरिकन झण्डा फहराए, जसमा संकटको संकेतस्वरूप केही झण्डाहरू उल्टो राखिएको थियो ।

धेरैजसो संघीय कर्मचारी र विश्वविद्यालय विद्यार्थीहरूले बदला लिने डरले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन्।

ट्रम्प सरकारको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसेन्सी’ डोज प्रमुख इलन मस्क प्रशासनिक संरचनालाई चुस्तदुरुस्त बनाउने पक्षमा दृढ देखिन्छन् । सरकारी खर्च घटाएर करदाताको अरबौँ डलर जोगाउन सकिने उनले बताउँदै आएका छन् ।

तर, मस्कको यो प्रस्तावले व्यापक असन्तुष्टि निम्त्याएको छ। प्रदर्शनकारीहरू भन्छन्, ‘नोकरी कटौतीको नाममा सामाजिक सुरक्षामा प्रहार गर्न पाइँदैन ।’

त्यसैगरी, ह्वाइट हाउसले ट्रम्प सरकार सामाजिक सुरक्षा र स्वास्थ्य कार्यक्रमप्रति प्रतिबद्ध रहेको दाबी गरे पनि डेमोक्र्याट्सले यी योजनाबाट अवैध आप्रवासी लाभान्वित हुने भनी आलोचना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनी ड्रोनहरूले रुसको पेन्जा क्षेत्रमा रहेको वाइल्डबेरिजको वेयरहाउसमा आक्रमण गरेका छन्। यस आक्रमणमा प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। पेन्जा क्षेत्रका गभर्नर ओलेग मेलनिचेन्कोले यो जानकारी दिएका हुन्। गभर्नर ओलेग मेलनिचेन्कोले म्याक्स मेसेजिङ एपमा लेखेका छन्, ‘ड्रोनहरूले वाइल्डबेरिजको वेयरहाउसमा आतङ्ककारी आक्रमण गरेका छन्। प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। करिब २०० ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगुस्थित खजिना चेकपोस्टमा आक्रमण भएको छ। उक्त आक्रमण र जवाफी कारबाहीमा परी एकजना डीएसपीसहित नौजना प्रहरीको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार खैबर पख्तुनख्वा प्रहरीले यस दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएको दाबी गरेको छ। बुधबार भएको आक्रमण र जवाबी अभियानका क्रममा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएका हुन्। यस आक्रमणमा डीएसपी मुजाहिद ...
। अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ । बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् । उनका अनुसार गत एक ...
। इरानले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूमा अचानक हमला गर्दै धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकी सेनाले दाबी गरेको छ। तर सबै मिसाइलहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो हमला मङ्गलबार साँझ भएको हो। सम्भावित अखडाहरूको विवरण सार्वजनिक गरिएको छैन। यसको जवाफमा अमेरिकी र साउदी अरबका सेनाहरूले पूर्वी इराकमा रहेका ...
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम