मुख्य समाचार
फुलहमले लिभरपुललाई ३-२ले हराए
फुलहमले लिभरपुललाई ३-२ले हराए

: प्रिमियर लिगमा भएको खेलमा फुलहमले लिभरपुललाई ३-२ले हराएको छ। प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल अपराजित रहँदै खेलिरहेको थियो।


खेलको १४औं मिनेटमा एलेक्सिक म्याक एलिटरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। अग्रता बनाए पनि लिभरपुलले त्यसलाई जोगाउन सकेन। खेलको तेइसौं मिनेटमा फुलहमका लागि रायन सेसेगोनले बराबरी गोल फर्काएका थिए।


पहिलो हाफमा नै फुलहमले थप दुई गोल गर्‍यो। खेलको ३२ औँ मिनेटमा एलेक्स युभीले गोल गरे। त्यस्तै रोड्रिगो मुनिजले ३७ औँ मिनेटमा गोल गरेका थिए। पहिलो हाफ ३-१ ले अग्रता बनाएको फुलहमले दोस्रो हाफमा गोल गर्न सकेन।


यता लिभरपुलको लागि भने ७२ औँ मिनेटमा लुइस डियाज दोस्रो गोल गरे। हार बेहोरे पनि लिभरपुलले ३१ खेलबाट ७३ अङ्क बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा आर्सनल रहेको छ। आर्सनलभन्दा लिभरपुल ११ अङ्कले अगाडि रहेको छ।

अब लिभरपुललाई २० औँ पटक प्रिमियर लिग जित्न ११ अङ्क भए पुग्छ। लिभरपुललाई हराएको फुलहमको पनि युरोपियन प्रतियोगिता छनोट हुने सम्भावना कायमै छ। फुलहमले ३१ खेलबाट ४८ अङ्क जोडेर आठौं स्थानमा उक्लिएको छ। प्रिमियर लिगको आइतबार नै भएको अर्को खेलमा टोटनहमले साउथ हम्प्टनलाई ३-१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...