मुख्य समाचार
अमेरिकाले थप ८ नेपालीलाई गर्‍यो निष्कासन
अमेरिकाले थप ८ नेपालीलाई गर्‍यो निष्कासन

: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ।


स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको छ। उनीहरुमध्ये पुन, सुवेदी, पुन मगर, पाठक र बुढा अवैध रुपमा तल्लोबाटो (मेक्सिको) हुँदै अमेरिका पुगेका थिए। उनीहरुलाई अमेरिका प्रवेश गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेको हो।


पक्राउ परेकामध्ये पासपोर्ट नभएकाको ट्राभल डकुमेन्ट बनाएर अमेरिकाले नेपाल डिपोर्ट गरेको हो। सेन भने अध्यागमन कानुन अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा डिपोर्टमा परेका हुन्। यद्यपी के-के उलंघन गरेको भन्ने खुल्न नसकेको स्रोतले बतायो।


‘गैह्रकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डिपोर्ट गरिएको रहेछ। अमेरिकाले अवैध नेपालीहरूलाई फर्काउने क्रम जारी राखेको छ,’ स्रोतले अन्नपूर्णसँग भन्यो।

अवैध रुपमा प्रवेश गरेका नेपालीहरुले प्रहरीले पक्राउ गरी नेपाल फर्काएको छ। डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा सपथ लिएपछि अमेरिकाको आप्रवासन सम्बन्धी नीति परिवर्तन भएको थियो। राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि निरन्तर धरपकड गर्दै आएको छ। अहिले पनि ठूलो संख्यामा नेपालीहरू त्यहाँको अध्यागमन प्रहरी आइसीईको निगरानीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिड्नीको एउटा व्यस्त पार्कमा एक घरविहीन युवाको स्तब्ध पार्ने मृत्युले अस्ट्रेलियामा नयाँ बहस सिर्जना गरेको छ । सामाजिक सुरक्षाको लागि अब्बल मानिने देशमा कसरी सहायता सेवाहरू नाकाम भइरहेको छ भन्ने अवस्था देखाउन यो घटनाले सहयोग गरेको विश्लेषण भइरहेको छ । न्यूज डट कम डट एयूमा प्रकाशित एक रिपोर्टका अनुसार, ३२ वर्षीय नेपाली विद्यार्थीको मृत्यु हुँदासमेत ...
— मलेसियाको अध्यागमन विभागले गत साता नेपाली व्यवसायी महेन्द्रजंग शाहसहित ९ जनालाई गैरकानुनी रूपमा विदेशी नागरिक मलेसिया भित्र्याउने र नक्कली भिसा बनाउने गिरोहको नेतृत्व गरेको आरोपमा पक्राउ गर्‍यो । पक्राउपछि अध्यागमन महानिर्देशक जकारिया शाबानले पत्रकार सम्मेलन गर्दै मानव तस्करी र नक्कली कागजात बनाउने गिरोहको जालो तोड्न सफल भएको बताएका थिए । महानिर्देशक शाबानका अनुसार शाह नेतृत्वको ...
: गत फागुन १४ गते कतारमा एउटा क्षेप्यास्त्र खसेको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चायो। भारतीयमूलका एक नागरिकले खिचेको उक्त भिडियो संसारभर डढेलोसरि फैलियो। अधिकांश नेपालीले सोही भिडियो ‘कट’ गर्दै सामाजिक सञ्जालमा पोस्ट गरे। भिडियो पोस्ट भएको केही घण्टा पनि नबित्दै उक्त सामग्री सार्वजनिक गर्ने व्यक्तिलाई कतार सरकारले नियन्त्रणमा लियो। त्यो एउटा सुरुवाती नजिर थियो। त्यसलगत्तै संयुक्त ...
: कतार सरकारले तीन जना नेपालीलाई आममाफी दिएको छ। पवित्र पर्व रमदानको अवसरमा कतार अमिरले तीन जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कतारस्थित दूतावासको पहलमा उनीहरूलाई आममाफी दिएको बताए। नेपाल सरकारले आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद ज्ञापन गरेको छ।
: अमेरिकाले एकैपटक ४५ जना नेपालीलाई निष्कासन गरेको छ। विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई अमेरिकाले निष्कासन गरी नेपाल पठाएको हो। निष्कासनमा परेका नेपालीहरू केहीबेर अघि काठमाडौं आइपुगेका हुन्। ओमनी एयरलायन्सको विमानबाट उनीहरू भारतको नयाँ दिल्ली हुँदै मंगलबार काठमाडौं आइपुगेको प्रहरीले स्रोतले जानकारी दिएको छ। प्रहरीको मानव बेचबिखन ब्युरोले उनीहरूसँग सोधपुछ गरेको छ। 'केहीबेर अघि ओमनी एयरलायन्सको ...