मुख्य समाचार
दुई दिनअघि रुखबाट लडेर घाइते भएका एक वृद्धको मृत्यु
दुई दिनअघि रुखबाट लडेर घाइते भएका एक वृद्धको मृत्यु

— हेटौंडामा दुई दिनअघि रुखबाट लडेर घाइते भएका एक वृद्धको आइतबार मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका—१ चौकीटोलका ६२ वर्षीय भरतबहादुर आलेमगर शुक्रबार रुखबाट लडेर घाइते भएका थिए । उपचारका निम्ति चितवन मेडिकल भरतपुरमा लगिएको थियो ।


अस्पतालका चिकित्सकहरुले उपचार सम्भव नहुने भनेर आइतबार घर फकाइदिएका थिए । घरतर्फ ल्याउने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेज लगिएको थियो ।


आफ्नै घर अगाडिको सरिफाको रुखमा चढेर सरिफा टिप्न खोज्दा आले मगर लडेर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आवको ९ मकवानपुर रुख र भीरबाट लडेर ३ जना महिलासहित १२ जनाको मृत्यु भइसकेको छ । यस अवधिमा १३ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धरानको खानेपानी समस्याको स्थायी समाधान गरिदिन माग गरेका छन् । उनले आगामी बजेटमा धरानको खानेपानी समस्याको स्थायी समाधानको योजना माग गरेका हुन् । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैंदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका थिए । सोमबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका मेयर राई नेतृत्वको एक प्रतिनिधिमण्डलले ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताएका छन्। गणेशमान सिंह फाउण्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याएको योगदान विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताए। नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो ...
: विराटनगरका २ वटा घरमा भण्डारण गरेर राखिएको लागुऔषध गाँजा प्रहरीले सोमबार बिहानका राति बरामद गरेको छ। विराटनगर महानगरपालिका–१४ जतुवाका अलगअलग घरबाट ४५ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट गाँजा फेला परेको उनको भनाइ छ। उनका अनुसार ...
: आठबिसकोट नगरपालिका–१२ ठुलीबार्खुमा अवैध रुपमा लगाइएको अफिमका बोटहरू नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ठुलीबार्खुका आठ स्थानमा फैलिएको करिब पाँच रोपनी क्षेत्रफलमा अवैध रूपमा रोपिएको अफिम खेती नष्ट गरिएको हो। फूल फुलेको अवस्थामा रहेका अफिमका बोटहरू नष्ट गरेको प्रहरीले जनाएको छ। ती बोटहरू गहुँखेतीको बीचमा र ...