मुख्य समाचार
हङकङ टी–२० चारदेशीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने खेलाडीको बिदाइ
हङकङ टी–२० चारदेशीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने खेलाडीको बिदाइ

: हङकङ टी–२० चारदेशीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने खेलाडीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले हङकङ जाने नेपाली टोलीको बिदाइ गरेको हो।


क्यानका उपाध्यक्ष रोशन सिंह, प्रवक्ता छुम्बी लामा लगायतको टिमले खेलाडीलाई बिदाइ गरेका हुन्। टिममा साहब आलम, नन्दन यादव र बसिर अहमदले राष्ट्रिय टिममा स्थान बनाएका छन्। त्यस्तै रिजन ढकाल पनि टिममा फर्किएका छन्।


नेपालले नियुक्त गरेको प्रमुख प्रशिक्षक स्टुर्अट ल नेपाल आई नपुग्दा ज्ञानेन्द्रले यो टुरमा नेपाली सिनियर टिमको प्रशिक्षण सम्हाल्नेछन्। यस सिरिजमा ज्ञानेन्द्रले पहिलो पटक सिनियर टिमलाई प्रशिक्षण गर्नेछन्।


यसअघि नेपाल ए टिमको प्रशिक्षण सम्हालेका ज्ञानेन्द्रको लागि प्रशिक्षकको रूपमा सिनियर टिमको डेब्यु हुनेछ। अप्रिल ९ देखि १३ सम्म हुने यस प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारसँग खेल्नेछ। अप्रिल १० मा कुवेत र अप्रिल १३ मा हङकङसँग खेल्नेछ। लिग चरणको शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।

हङकङ टी-२० सिरिजका लागि नेपालको टिम:

रोहित पौडेल (कप्तान) आशिष शेख (विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम,नन्दन यादव, रिजन ढकाल र गुल्सन झा।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...