मुख्य समाचार
मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताए
मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताए

: भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताएका छन्।


सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलका क्रममा मन्त्री दाहालले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताए। उनले मापदण्ड विपरीतका सवारी साधनलाई कडाइ गर्ने विषयमा प्रहरीका तर्फबाट असहयोग भएको गुनासो गरे।


त्यस्तै सडक निर्माणका क्रममा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाइभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताए। काठमाडौं र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तीब्रता दिइएको भन्दै उनले वैकल्पिक सडकको रूपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे।


उनले स्वचालित प्रणालीबाटै भाडादर कायम गर्नेमा सकारात्मक रहेको धारणा राखे। छलफलका क्रममा यातायात व्यवसायीहरूले बीपी राजमार्ग, दाउन्ने सडक खण्डलगायतका सडक समयमा नै निर्माण नभए यातायात सञ्चालनमा कठिन हुने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धरानको खानेपानी समस्याको स्थायी समाधान गरिदिन माग गरेका छन् । उनले आगामी बजेटमा धरानको खानेपानी समस्याको स्थायी समाधानको योजना माग गरेका हुन् । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैंदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका थिए । सोमबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका मेयर राई नेतृत्वको एक प्रतिनिधिमण्डलले ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताएका छन्। गणेशमान सिंह फाउण्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याएको योगदान विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताए। नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो ...
: विराटनगरका २ वटा घरमा भण्डारण गरेर राखिएको लागुऔषध गाँजा प्रहरीले सोमबार बिहानका राति बरामद गरेको छ। विराटनगर महानगरपालिका–१४ जतुवाका अलगअलग घरबाट ४५ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट गाँजा फेला परेको उनको भनाइ छ। उनका अनुसार ...
: आठबिसकोट नगरपालिका–१२ ठुलीबार्खुमा अवैध रुपमा लगाइएको अफिमका बोटहरू नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ठुलीबार्खुका आठ स्थानमा फैलिएको करिब पाँच रोपनी क्षेत्रफलमा अवैध रूपमा रोपिएको अफिम खेती नष्ट गरिएको हो। फूल फुलेको अवस्थामा रहेका अफिमका बोटहरू नष्ट गरेको प्रहरीले जनाएको छ। ती बोटहरू गहुँखेतीको बीचमा र ...