— बुढीगण्डकी नदीमा डुबेर गण्डकी गाउँपालिका–८ वसेरीका १९ वर्षीय निकेश नेपाली बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा डुबेर बेपक्ता बनेका बालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
बालक डुबेर बेपक्ता बनेको सूचना परिवारका सदस्यले प्रहरी चौकी घ्याल्चोकमा गराएका थिए ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालय तथा स्थानीयय सहितको संयुत्त टोलीले बालकको खोजी गरिरहेको उनले बताए । शनिबार बेपत्ता वनेका बालकको आइतबार साँझसम्म फेला पार्न नसकिएको पनि प्रहरीले जनाएको छ ।