मुख्य समाचार
साफ यू–१९ टिमको तयारीका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले ३३ सदस्यीय टोली घोषणा
साफ यू–१९ टिमको तयारीका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले ३३ सदस्यीय टोली घोषणा

: साफ यू–१९ टिमको तयारीका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले ३३ सदस्यीय टोली घोषणा गरेको छ। प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले सोमबार ५८ खेलाडीबाट छनोट गर्दै ३३ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेका हुन्।


बन्द प्रशिक्षण सुरु हुनुअघि ४२ खेलाडी प्रशिक्षणमा रहेका थिए। भारतमा मे ९ देखि १८ सम्म हुने साफ यू१९ च्याम्पियनसिपका लागि नेपाली टिमले तयारी गरिरहेको हो।


नेपाली टिममा परेका खेलाडीहरू:


गोलकिपरः भक्त बहादुर परियार,पेम्बा नोर्बु भोटे, विशेष बानियाँ,उपेन्द्र लावन र रोजन प्रधान
डिफेन्डरः रोशन तामाङ, करण तामाङ, सुजल मान घले, समिर थापा, रोहन मोक्तान, प्रशान्त मोक्तान, सिद्धान्त खड्का, कुशन नेम्वाङ, एकराज बुढाथोकी, मदन पौडेल, राम थापा र निशान्त वान्तवा
मिडफिल्डरः कृष्ण बहादुर आले, कृष मगर, सरोज दर्लामी, लक्षु थापा, पवन पाख्रिन, सबिन लुङ्गेली मगर, धरवेन्द्र कुँवर, विनायक थारु, विज्ञान खड्का, रञ्जित लामा र विक्रम गौतम
फर्वाडः सुजन डंगोल, सुवास बम, सन्तोष गोङ्बा, प्रसुन तामाङ र विजय उर्वा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...