मुख्य समाचार
साफ यू–१९ टिमको तयारीका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले ३३ सदस्यीय टोली घोषणा
साफ यू–१९ टिमको तयारीका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले ३३ सदस्यीय टोली घोषणा

: साफ यू–१९ टिमको तयारीका लागि अखिल नेपाल फुटबल संघ(एन्फा)ले ३३ सदस्यीय टोली घोषणा गरेको छ। प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले सोमबार ५८ खेलाडीबाट छनोट गर्दै ३३ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेका हुन्।


बन्द प्रशिक्षण सुरु हुनुअघि ४२ खेलाडी प्रशिक्षणमा रहेका थिए। भारतमा मे ९ देखि १८ सम्म हुने साफ यू१९ च्याम्पियनसिपका लागि नेपाली टिमले तयारी गरिरहेको हो।


नेपाली टिममा परेका खेलाडीहरू:


गोलकिपरः भक्त बहादुर परियार,पेम्बा नोर्बु भोटे, विशेष बानियाँ,उपेन्द्र लावन र रोजन प्रधान
डिफेन्डरः रोशन तामाङ, करण तामाङ, सुजल मान घले, समिर थापा, रोहन मोक्तान, प्रशान्त मोक्तान, सिद्धान्त खड्का, कुशन नेम्वाङ, एकराज बुढाथोकी, मदन पौडेल, राम थापा र निशान्त वान्तवा
मिडफिल्डरः कृष्ण बहादुर आले, कृष मगर, सरोज दर्लामी, लक्षु थापा, पवन पाख्रिन, सबिन लुङ्गेली मगर, धरवेन्द्र कुँवर, विनायक थारु, विज्ञान खड्का, रञ्जित लामा र विक्रम गौतम
फर्वाडः सुजन डंगोल, सुवास बम, सन्तोष गोङ्बा, प्रसुन तामाङ र विजय उर्वा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...