मुख्य समाचार
इजरायली सेनाले गाजाको अस्पताल नजिकै पत्रकारहरू बसेको टन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु
इजरायली सेनाले गाजाको अस्पताल नजिकै पत्रकारहरू बसेको टन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु

— इजरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।


यसअघि इजरायली सेनाले केन्द्रिय डेइर अल-बलाहका पाँच वटा बस्तीका बासिन्दालाई तत्काल खाली गर्न आदेश दिँदै गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिहरूले ज्यान गुमाएका थिए ।


त्यस्तै इजरायली सुरक्षाकर्मीले कब्जामा लिएको पश्चिमी किनारमा एक प्यालेस्टिनी–अमेरिकी बालकको गोली हानी हत्या गरिएको बताइएको छ । यता दक्षिणी लेबनानमा दुई जना मारिएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायलको आक्रमणमा कम्तीमा ५० हजार ६९५ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने १ लाख १५ हजार ३३८ जना घाइते भएका छन् ।

गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु संख्या ६१ हजार ७ सय नाघेको जनाएको छ । जसमा भग्नावशेषमा अझै फसेका हजारौं मानिसहरूलाई हराइरहेका (मृत मानिएका) का रूपमा सूचीबद्ध गरिएको छ।

हमास–इजरायलबीच युद्धको सुरुवात २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणबाट भएको थियो । उक्त आक्रमणमा परी इजरायलमा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...