मुख्य समाचार
इजरायली सेनाले गाजाको अस्पताल नजिकै पत्रकारहरू बसेको टन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु
इजरायली सेनाले गाजाको अस्पताल नजिकै पत्रकारहरू बसेको टन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु

— इजरायली सेनाले गाजाको खान युनिसस्थित नासेर अस्पताल नजिकै पत्रकारहरू बसेको टन्टमा बम आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।


यसअघि इजरायली सेनाले केन्द्रिय डेइर अल-बलाहका पाँच वटा बस्तीका बासिन्दालाई तत्काल खाली गर्न आदेश दिँदै गरेको आक्रमणमा ५० भन्दा बढी व्यक्तिहरूले ज्यान गुमाएका थिए ।


त्यस्तै इजरायली सुरक्षाकर्मीले कब्जामा लिएको पश्चिमी किनारमा एक प्यालेस्टिनी–अमेरिकी बालकको गोली हानी हत्या गरिएको बताइएको छ । यता दक्षिणी लेबनानमा दुई जना मारिएका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायलको आक्रमणमा कम्तीमा ५० हजार ६९५ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने १ लाख १५ हजार ३३८ जना घाइते भएका छन् ।

गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु संख्या ६१ हजार ७ सय नाघेको जनाएको छ । जसमा भग्नावशेषमा अझै फसेका हजारौं मानिसहरूलाई हराइरहेका (मृत मानिएका) का रूपमा सूचीबद्ध गरिएको छ।

हमास–इजरायलबीच युद्धको सुरुवात २०२३ अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणबाट भएको थियो । उक्त आक्रमणमा परी इजरायलमा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २०० भन्दा बढीलाई बन्धक बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनी ड्रोनहरूले रुसको पेन्जा क्षेत्रमा रहेको वाइल्डबेरिजको वेयरहाउसमा आक्रमण गरेका छन्। यस आक्रमणमा प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। पेन्जा क्षेत्रका गभर्नर ओलेग मेलनिचेन्कोले यो जानकारी दिएका हुन्। गभर्नर ओलेग मेलनिचेन्कोले म्याक्स मेसेजिङ एपमा लेखेका छन्, ‘ड्रोनहरूले वाइल्डबेरिजको वेयरहाउसमा आतङ्ककारी आक्रमण गरेका छन्। प्रारम्भिक विवरण अनुसार १ जना घाइते भएका छन्। करिब २०० ...
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको हांगुस्थित खजिना चेकपोस्टमा आक्रमण भएको छ। उक्त आक्रमण र जवाफी कारबाहीमा परी एकजना डीएसपीसहित नौजना प्रहरीको मृत्यु भएको छ। बीबीसी उर्दूका अनुसार खैबर पख्तुनख्वा प्रहरीले यस दोहोरो मुठभेडमा १५ जना चरमपन्थी मारिएको दाबी गरेको छ। बुधबार भएको आक्रमण र जवाबी अभियानका क्रममा डीएसपी दियार खानसहित नौ प्रहरी मारिएका हुन्। यस आक्रमणमा डीएसपी मुजाहिद ...
। अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ । बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् । उनका अनुसार गत एक ...
। इरानले मध्यपूर्वमा रहेका आफ्ना सैन्य अखडाहरूमा अचानक हमला गर्दै धेरै ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको अमेरिकी सेनाले दाबी गरेको छ। तर सबै मिसाइलहरूलाई सफलतापूर्वक इन्टरसेप्ट गरिएको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार यो हमला मङ्गलबार साँझ भएको हो। सम्भावित अखडाहरूको विवरण सार्वजनिक गरिएको छैन। यसको जवाफमा अमेरिकी र साउदी अरबका सेनाहरूले पूर्वी इराकमा रहेका ...
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम