मुख्य समाचार
प्रहरीले पैसा खाएर मापदण्ड विपरीतका गाडी चलाउन दिँदा सार्वजनिक सम्पत्तिमा क्षति पुग्यो : मन्त्री दाहाल
प्रहरीले पैसा खाएर मापदण्ड विपरीतका गाडी चलाउन दिँदा सार्वजनिक सम्पत्तिमा क्षति पुग्यो : मन्त्री दाहाल

— भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रहरीले पैसा खाएर मापदण्ड विपरीतका गाडी चलाउन दिँदा सार्वजनिक सम्पत्तिमा क्षति पुगिरहेको आरोप लगाएका छन्। उनले वायु प्रदूषण मापदण्ड कार्यान्वयनमा समेत प्रहरीबाट सहयोग नभएको आरोप लगाए।


केही दिनयता प्रदूषणका कारण वायु गुणस्तर कमजोर भएकोमा मन्त्री दाहालले सवारी साधनका कारण भइरहेको धुँवा प्रदूषण नियन्त्रणमा गृह मन्त्रालयको सहयोग नपाएको बताए।


सोमबार सिंहदरबारमा यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री दाहालले वायु प्रदूषण नियन्त्रणमा सरकारले अहिले तोकिएका मापदण्डहरूको कार्यान्वयन गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।

'सरकारले विभिन्न मापदण्डहरू तोकेको छ। तर मापदण्ड विपरीतका गाडीहरू राजमार्गमा गुडिरहेकै छन्,' मन्त्री दाहालले भने, 'कतै धुँवा प्रदूषित पार्ने गाडी गुडेका छन् त कतै बढी तौल बोकेका गाडी कुदिरहेका छन्। यसमा प्रत्यक्ष निगरानी गर्ने र मापदण्ड कार्यान्वयन गराउने जिम्मेवारी भनेको प्रहरीको हो। तर प्रहरीबाट सहयोग मिलिरहेको छैन।'

मन्त्री दाहालले मालवाहक गाडीहरूको नापतौलबारे अध्ययन गर्न कार्यदल बनाएको र कार्यदलको प्रतिवेदनका आधारमा समस्या समाधान गरिने बताए। उनले मापदण्डविपरीत सञ्चालित गाडीहरूलाई रोक लगाएर सार्वजनिक सम्पत्तिमा भइरहेको क्षतिलाई रोक्नुपर्ने बताए।


'नेपाल प्रहरीबाट हामीलाई सहयोग भएन । यो विषयमा पनि हामीले गृह मन्त्रालयसँग नै बस्नुपर्ने भएको छ । किनभने जहिले पनि यस्तै विकृति हुने कुराले त देशलाई कुनै फाइदा पुग्दैन । पैसा खाएर ओभर लोडका गाडीहरू चलाउन दिने, मापदण्डविपरीतका सवारी चलाउन दिने कुराले सार्वजनिक सम्पत्ति नोक्शान भइरहेको छ । त्यसकारण यो विकृतिलाई हटाउनको लागि म लागिरहेको छु,' उनले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धरानको खानेपानी समस्याको स्थायी समाधान गरिदिन माग गरेका छन् । उनले आगामी बजेटमा धरानको खानेपानी समस्याको स्थायी समाधानको योजना माग गरेका हुन् । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैंदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका थिए । सोमबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका मेयर राई नेतृत्वको एक प्रतिनिधिमण्डलले ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताएका छन्। गणेशमान सिंह फाउण्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याएको योगदान विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताए। नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो ...
: विराटनगरका २ वटा घरमा भण्डारण गरेर राखिएको लागुऔषध गाँजा प्रहरीले सोमबार बिहानका राति बरामद गरेको छ। विराटनगर महानगरपालिका–१४ जतुवाका अलगअलग घरबाट ४५ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट गाँजा फेला परेको उनको भनाइ छ। उनका अनुसार ...
: आठबिसकोट नगरपालिका–१२ ठुलीबार्खुमा अवैध रुपमा लगाइएको अफिमका बोटहरू नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ठुलीबार्खुका आठ स्थानमा फैलिएको करिब पाँच रोपनी क्षेत्रफलमा अवैध रूपमा रोपिएको अफिम खेती नष्ट गरिएको हो। फूल फुलेको अवस्थामा रहेका अफिमका बोटहरू नष्ट गरेको प्रहरीले जनाएको छ। ती बोटहरू गहुँखेतीको बीचमा र ...