मुख्य समाचार
प्रधानमन्त्रीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्
प्रधानमन्त्रीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्

— प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।


'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानवासीलाई सुनाइदिनुहोला,' उनले भने।

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन सङ्घीय सरकारबाट यसअघि तयार भइसकेको छ । नगर प्रमुख राईले स्रोत सुनिश्चितताका लागि यसअघि अर्थ मन्त्रालयलाई आग्रह गरेको जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीले धरानको फोहर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ‘ल्याण्डफिल्डसाइट’ बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशको परिवर्तनका लागि बनेको बताएका छन् । उनले यो सरकारलाई कुनै शक्तिले पनि ढाल्न त के हल्लाउन पनि नसक्ने बताएका छन् । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकार कुनै पनि अवस्थामा नढल्ने बताएका हुन् । ‘यो सरकार ढल्छ भन्ने ...
— एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते शक्ति प्रदर्शन गर्ने बताएका छन् । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभामा ओलीले लोकतन्त्र दिवसका अवसरमा एमालेनिकट युवा संघले युवा महोत्सव गर्न लागेको बताएका हुन् । ‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौंमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्दछु,’ उनले ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षा ऐन जारी गर्ने बताएका छन् । एमाले लुम्बिनी प्रदेशले शुक्रबार बुटवलमा आयोजना गरेको जागरण सभामा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकलाई सम्बोधन गर्दै सरकारले समस्या समाधान गर्ने बताएका हुन् । 'शिक्षक साथीहरू आन्दोलनमा हुनुहुन्छ, तपाईंहरूका पनि अप्ठ्यारा छन्, समस्या छन्, तिनै अप्ठ्यारा र समस्या समाधान गर्न यो सरकार बनेको हो,’ ...
: डोटीमा खोलामा डुबेर युवक बेपत्ता भएका छन्। शिखर नगरपालिका-४ बनोलीका गणेश महराका १९ वर्षीय छोरा नरेश महरा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोही पालिकाको वडा नम्बर ५ र ७ मा विवाहको कार्ड वितरण गरी फर्कने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने ठुलिगाड (खोला)मा नुहाउने क्रममा ...
— चैत १५ गतेको राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले राज्यविरुद्धको कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए । त्यस्तै प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्काविरुद्ध पनि ...