मुख्य समाचार
हज यात्रामा साउदी अरबको कडाइ
हज यात्रामा साउदी अरबको कडाइ

: दर्ता बिना हजमा भाग लिने मानिसको संख्या कम गर्न साउदी अरबले भारत र पाकिस्तानसहित १४ देशका मानिसको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ। उमराह, व्यापार र पारिवारिक भ्रमणका लागि जुनको मध्यसम्म भिसा प्रतिबन्धित रहने जनाइएको छ।


साउदीले भारत, पाकिस्तान, बंगलादेश, मिस्र, इन्डोनेसिया, इराक, नाइजेरिया, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया, यमन र मोरक्कोको भिसामा अस्थायी प्रतिबन्ध लगाएको हो।


साउदी अधिकारीहरूले उमरा भिसा भएकाहरू अप्रिल १३ सम्म साउदी अरेबिया पुग्न सक्ने बताएका छन्। यस वर्ष हज यात्रा जुन ४ देखि ९ सम्म हुनेछ।


रिपोर्टका अनुसार यात्रुहरूलाई नयाँ नियमहरू पालना गर्न भनिएको छ। यदि कुनै व्यक्तिले यो आदेश उल्लङ्घन गरेमा सो व्यक्तिलाई आगामी ५ वर्ष साउदी प्रवेशमा रोक लगाइने छ।

धेरै विदेशी नागरिक उमरा वा भ्रमण भिसामा साउदी अरेबिया आउने गरेको रिपोर्टहरुमा उल्लेख छ। भिसा सकिएपछि पनि उनीहरू अवैध रूपमा साउदी अरबमा बसिरहेका छन्। साथै उनीहरु दर्ता बिना नै हज यात्रामा भाग लिन जान्छन्। यसलाई रोक्न साउदी सरकारले यो निर्णय गरेको हो।

दर्ता बिना हज यात्रा हुने भएकाले अधिकारीहरू तीर्थयात्रीहरूको संख्या अनुमान गर्न असमर्थ भएका जनाएका छन् । यसले गर्दा अचानक भीड बढ्ने र गर्मी पनि बढ्ने भएकोले यसो गरिएको जनाइएको छ।

साउदीमा अवैध रूपमा काम गर्ने विदेशीको संख्या बढ्ने

अधिकारीहरूले अवैध काम पनि भिसा प्रतिबन्ध लगाउने अर्को प्रमुख कारण भएको बताएका छन्। केही विदेशी नागरिकहरूले साउदी अरेबियामा व्यापार वा पारिवारिक भिसा प्रयोग गरेर अवैध रूपमा काम गरिरहेका उनीहरूले जनाएका छन्। भिसा नियमहरू उल्लङ्घन गरेको र श्रम बजारमा असंतुलन सिर्जना गरेको उनीहरूको आरोप छ।

२०२४ मा अत्याधिक भीडका कारण १,२०० तीर्थयात्रीको मृत्यु

२०२४ मा हज यात्रा जुन १४ देखि जुन २९ सम्म तय गरिएको थियो। हज यात्राको क्रममा ठूलो संख्यामा तीर्थयात्रीहरूको आगमनका कारण गर्मीको असर बढेको थियो।

यसका कारण पोहोर कम्तीमा १,२०० तीर्थयात्रीको मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...