मुख्य समाचार
हज यात्रामा साउदी अरबको कडाइ
हज यात्रामा साउदी अरबको कडाइ

: दर्ता बिना हजमा भाग लिने मानिसको संख्या कम गर्न साउदी अरबले भारत र पाकिस्तानसहित १४ देशका मानिसको भिसामा अस्थायी प्रतिबन्ध लगाएको छ। उमराह, व्यापार र पारिवारिक भ्रमणका लागि जुनको मध्यसम्म भिसा प्रतिबन्धित रहने जनाइएको छ।


साउदीले भारत, पाकिस्तान, बंगलादेश, मिस्र, इन्डोनेसिया, इराक, नाइजेरिया, जोर्डन, अल्जेरिया, सुडान, इथियोपिया, ट्युनिसिया, यमन र मोरक्कोको भिसामा अस्थायी प्रतिबन्ध लगाएको हो।


साउदी अधिकारीहरूले उमरा भिसा भएकाहरू अप्रिल १३ सम्म साउदी अरेबिया पुग्न सक्ने बताएका छन्। यस वर्ष हज यात्रा जुन ४ देखि ९ सम्म हुनेछ।


रिपोर्टका अनुसार यात्रुहरूलाई नयाँ नियमहरू पालना गर्न भनिएको छ। यदि कुनै व्यक्तिले यो आदेश उल्लङ्घन गरेमा सो व्यक्तिलाई आगामी ५ वर्ष साउदी प्रवेशमा रोक लगाइने छ।

धेरै विदेशी नागरिक उमरा वा भ्रमण भिसामा साउदी अरेबिया आउने गरेको रिपोर्टहरुमा उल्लेख छ। भिसा सकिएपछि पनि उनीहरू अवैध रूपमा साउदी अरबमा बसिरहेका छन्। साथै उनीहरु दर्ता बिना नै हज यात्रामा भाग लिन जान्छन्। यसलाई रोक्न साउदी सरकारले यो निर्णय गरेको हो।

दर्ता बिना हज यात्रा हुने भएकाले अधिकारीहरू तीर्थयात्रीहरूको संख्या अनुमान गर्न असमर्थ भएका जनाएका छन् । यसले गर्दा अचानक भीड बढ्ने र गर्मी पनि बढ्ने भएकोले यसो गरिएको जनाइएको छ।

साउदीमा अवैध रूपमा काम गर्ने विदेशीको संख्या बढ्ने

अधिकारीहरूले अवैध काम पनि भिसा प्रतिबन्ध लगाउने अर्को प्रमुख कारण भएको बताएका छन्। केही विदेशी नागरिकहरूले साउदी अरेबियामा व्यापार वा पारिवारिक भिसा प्रयोग गरेर अवैध रूपमा काम गरिरहेका उनीहरूले जनाएका छन्। भिसा नियमहरू उल्लङ्घन गरेको र श्रम बजारमा असंतुलन सिर्जना गरेको उनीहरूको आरोप छ।

२०२४ मा अत्याधिक भीडका कारण १,२०० तीर्थयात्रीको मृत्यु

२०२४ मा हज यात्रा जुन १४ देखि जुन २९ सम्म तय गरिएको थियो। हज यात्राको क्रममा ठूलो संख्यामा तीर्थयात्रीहरूको आगमनका कारण गर्मीको असर बढेको थियो।

यसका कारण पोहोर कम्तीमा १,२०० तीर्थयात्रीको मृत्यु भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
रूसी परराष्ट्र मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियोन मिरोस्निकले युक्रेनी राष्ट्रपति भ्लोलोडिमिर जेलेन्स्कीले युरोपबाट पैसा माग्न हरेक सम्भव उपाय अपनाएको दाबी गरेका छन् । इरानबाट युक्रेनलाई खतरा रहेको भन्ने जेलेन्स्कीको बयान पनि आर्थिक सहायता माग्ने उद्देश्यले नै आएको उनले बताए। टास समाचार संस्थालाई दिएको अन्तर्वार्तामा मिरोस्निकले भने, ‘जेलेन्स्कीले वर्तमान स्थितिमा यो सबै पीआरका लागि प्रयोग गरिरहेका छन्। तर ...
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...