मुख्य समाचार
राजेन्द्र लिङ्देनले राप्रपाले उठाएको मुद्दा नेपालीको साझा मुद्दा भएको बताएका छन्
राजेन्द्र लिङ्देनले राप्रपाले उठाएको मुद्दा नेपालीको साझा मुद्दा भएको बताएका छन्

: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले उठाएको मुद्दा नेपालीको साझा मुद्दा भएको बताएका छन्। संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित राप्रपाले आज काठमाडौंको बल्खुमा गर्न लागेको सभामा सहभागी हुन आग्रह गर्दै उनले देश बचाउने साझा मुद्दा अगाडि सारेको बताएका हुन्।


उनले कतिलाई दलीय बन्धनले अलि असजिलो लागेपनि राप्रपाले उठाएको मुद्दा कुनै एउटा पार्टीको मुद्दा मात्र नभएको दाबी गरेका हुन्। ‘प्रियजन तपाईँहरूमध्ये कतिलाई दलीय बन्धनले अलि असजिलो लाग्न सक्छ, हाम्रो कुरा अनौठो लाग्न सक्छ।’ लिङ्देनले भने, ‘तर राप्रपाले उठाएको मुद्दा कुनै एउटा पार्टीको मुद्दा मात्र होइन देश बचाउने र बनाउने हामी नेपालीको साझा मुद्दा हो। ऐक्यबद्धता व्यक्त गर्न आज बल्खु आउनुहोस् है !’


चैत १५ गते तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक भएकोतर्फ संकेत गर्दै अध्यक्ष लिङ्देनले बल्खुमा हुने आमसभामा घुसपैठ भए प्रतिकार गर्ने चेतावनी दिए। उनले मंगलबार ९ बजेबाटै कार्यक्रम स्थल स्वयंसेवकको नियन्त्रणमा हुने भन्दै राज्यपक्ष वा कसैबाट घुसपैठ र हिंसा भड्काउने प्रयास भए ठाउँको ठाउँ कारबाहीको व्यवस्था मिलाइएको बताए। राप्रपा हिंसामा विश्वास नगर्ने भएकाले आफ्नो पार्टीले गर्ने प्रदर्शन शान्तिपूर्ण हुने उनको भनाइ छ। राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन्।


राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ११ बजेदेखि जुलुस सुरु गरेर १२ बजेदेखि सभा सुरु गर्ने तयारी गरेको बताए। उनले बागमती प्रदेशस्तरीय सभा भएकाले बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरू सहभागी हुने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा केही भएन भनेर गलत भाष्यको भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्त्री दाहालले गफभन्दा तथ्यले भ्रम चिर्नुपर्ने बताए । नेपालमा पूर्वाधार निर्माण तीव्र भइरहेको उल्लेख गर्दै उनले २ दशक अघिसम्म पनि देशको ...