: विराटनगरबाट स्रोत नखुलेको रकमसहित सोमबार दिउँसो १ जना युवक पक्राउ परेका छन्। नेपाली ७ लाख १५ हजार रुपैयाँसहित विराटनगर महानगरपालिका–१५ का २४ वर्षीय रोहितकुमार शर्मा पक्राउ परेका हुन्। उनलाई विराटनगर–९ स्थित महेन्द्र चोकबाट दिउँसो २:३० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा साहको शरीरबाट कम्मरमा बेल्ट (पेटी)ले बाँधेको अवस्थामा नेपाली रूपैयाँ बरामद भएको थियो। आफ्नै शरीरबाट बरामद भएको नेपाली रूपैयाँको स्रोत उनले खुलाउन सकेनन्।
स्रोत नखुलेपछि साहलाई नियन्त्रणमा लिएर रकम बरामद गरिएको जोशीले बताए। साहलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने प्रहरीको तयारी छ।
प्रहरीले बरामद गरेको रकम अवैध हुन्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ। राजस्वले थप अनुसन्धान गरिसकेपछि यो विषयमा प्रस्ट हुने प्रहरीको भनाइ छ।