मुख्य समाचार
कंगोको राजधानी किन्सासामा भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु
कंगोको राजधानी किन्सासामा भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु

— कंगोको राजधानी किन्सासामा भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । आत्मरक्षाको प्रयासमा स्थानीय बासिन्दाहरू सुरक्षित स्थानतर्फ प्रस्थान गरिरहेका छन् ।


भीषण वर्षा र बाढीका कारण किन्सासामा कम्तीमा ३३ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन् । पश्चिमी किन्सासामा धेरै घर शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको वर्षापछिको बाढीले बगाएको छ ।


कंगो नदीको किनारमा अवस्थित किन्सासा सहरमा १ करोड ७० लाख मानिस बसोबास गर्छन् । यो नदी विश्वकै ठूला नदीहरूमध्ये एक हो जुन देशैभरि फैलिएको छ । कंगो नदीमा बाढी आउनु सामान्य कुरा भए पनि जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा बाढी झनै बढी र खतरनाक बन्दै गएको राष्ट्रपति फिलिक्स सिसेकेडी स्वयंले चेतावनी दिइसकेका छन् ।

राजधानीका २६ वटा जिल्लाहरू बाढीबाट प्रभावित भएका छन् । सबैभन्दा बढी असर गरिब बस्तीहरू र सहरको बाहिरी भागमा परेको छ । एक स्थानीयका अनुसार पानी डेढ मिटरसम्म पुगेको छ ।

‘हामी ज्यान जोगाएर निस्किएका छौँ, तर घरभित्र धेरै कुरा फसेका छन्,’ स्थानीयलाई उद्दृत गर्दै एएफपी समाचार संस्थामा उल्लेख गरिएको छ । सरकारले ढिलो प्रतिक्रिया दिएको र पर्याप्त सहयोग उपलब्ध नगराएको थुप्रै स्थानीयको आरोप छ । उनीहरूले सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...