मुख्य समाचार
ट्रम्पको कर नीतिले विश्व सेयर बजारमा पहिरो
ट्रम्पको कर नीतिले विश्व सेयर बजारमा पहिरो

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि विश्व अर्थ बजारमा हलचल देखिएको छ । अनुदान रोक्ने ट्रम्पको निर्णयले विश्व अर्थतन्त्र तरंगित बनेका बेला मुख्य व्यापार साझेदार राष्ट्रहरूलाई उच्च भन्सार कर लगाएसँगै विश्व सेयर बजार ओरालो लागेको हो ।


ट्रम्पले गत साता अमेरिका भित्रिने सबै विदेशी वस्तुमा उच्च भन्सार शुल्क घोषणा गरेका थिए । अमेरिकाले करिब ६० देशमाथि उनीहरूले अमेरिकी उत्पादनमाथि लगाएको महसुलको करिब ५० प्रतिशत भन्सार शुल्क लगाएको ट्रम्पले बताए । १० प्रतिशत शुल्क ५ अप्रिल र अन्य शुल्क ९ अप्रिलदेखि लागू हुने बताइएको छ । यी निर्णयले विश्व अर्थतन्त्रलाई तरंगित बनाएको छ, जसको प्रत्यक्ष असर विश्व व्यापारसँगै सेयर बजारमा देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


अमेरिकी सेयर बजार वालस्ट्रिटका प्रमुख सूचक सोमबार उच्च अंकले घटे । वित्तीय एवं सेवा क्षेत्रका कम्पनीको बाहुल्य भएको एस एन्ड पी ५०० सूचक १८३.४८ अंक (३.६१ प्रतिशत) र सूचना प्रविधि एवं बायोटेक्नोलोजी कम्पनी सूचीकृत रहेको नास्डाक कम्पोजिट ५६६.२१ अंक (३.६३ प्रतिशत) घटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।

मासिक रूपमा एस एन्ड पी ५०० सूचक १५.२३ प्रतिशत र ‘नास्डाक’ १९.४५ ले घटेका छन् । वार्षिक रूपमा पनि यी सूचक उच्च अंकले ऋणात्मक छन् । वार्षिक रूपमा नास्डाकमा ६.५२ र एस एन्ड पी ५०० ६.६७ प्रतिशतले ऋणात्मक रहे । यसैगरी ३० वटा कम्पनीको संयुक्त सूचक डाउजोन्स इन्डस्ट्रियल एभरेज सोमबार ११४८ अंक (३ प्रतिशत) ले घटेको छ । मासिक रूपमा यो १३.१७ र वार्षिक रूपमा ४.४७ प्रतिशतले गिरावट आएको छ । न्युयोर्क स्टक एक्सचेन्जको संयुक्त परिसूचकमा पनि आइतबार ७९८ अंक (४.५३ प्रतिशत) र एस एन्ड पीको संयुक्त सूचकांक ८ सय २४ अंक (३.५६ प्रतिशत) ले घटे । मासिक रूपमा न्युयोर्क स्टक १४.०६ प्रतिशत र एस एन्ड पीको संयुक्त सूचकांक ९.६५ प्रतिशतले घटेको ब्लुमबर्गले जनाएको छ । वार्षिक रूपमा भने न्युयोर्क स्टक ७.१९ प्रतिशतले ऋणात्मक हुँदा एस एन्ड पी ०.४७ प्रतिशतले सकारात्मक अवस्थामा छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पका पछिल्ला हरेक निर्णयले युरोपका सेयर बजार धेरै प्रभावित बनेका छन् । जसअनुसार सोमबार कारोबारमा पेरिसस्थित ‘क्याक ४०’ सूचक ३२२.५९ अंक (४.४३ प्रतिशत) ले घटेको छ । फ्र्यांकफर्टस्थित ‘ड्याक्स’ सूचक ८६४.९५ अंक (४.१४ प्रतिशत) ले घट्यो । मासिक रूपमा ड्याक्स १३.७१ र ‘क्याक ४०’ १४.१७ प्रतिशतले घटे । तर वार्षिक रूपमा ड्याक्स परिसूचक ७.४५ प्रतिशतले सकारात्मक र ‘क्याक ४०’ १३.७४ प्रतिशतले ऋणात्मक छ ।


लन्डनस्थित फुट्सी १०० पनि ३०९.४२ अंक (३.८४ प्रतिशत) ले घटेको छ । मासिक रूपमा यो सूचकमा १०.७६ र वार्षिक रूपमा २.७५ प्रतिशतले ऋणात्मक बनेको छ । बेलायत, डेनमार्क, पोल्यान्ड, फ्रान्स, टर्की, बहराइन, यूएईलगायत देशका सेयर बजार पनि उच्च अंकले घटेका छन् ।

राष्ट्रपति ट्रम्पका पछिल्ला निर्णयबाट एसिया प्यासिफिक क्षेत्रका सेयर बजार सबै उच्च अंकले घटेर बन्द भएका छन् । यो क्षेत्रका प्रमुख सेयर बजारहरू दैनिक र मासिक रूपमा घटेर बन्द भएका छन् भने वार्षिक रूपमा आंशिक प्रभावित भएका छन् । सोमबार जापानको निक्केई २६४४ अंक अथवा ७.८३ प्रतिशतले घटेर बन्द भयो । मासिक रूपमा यो सूचक १५.५९ र वार्षिक रूपमा २०.८७ प्रतिशतले घटेको ब्लुमबर्गले जनाएको छ ।



टोकियो स्टक एक्सचेन्जको मूल्य सूचकांक टोपिक्स पनि १९३.४० अंक अथवा ७.७९ प्रतिशतले घटेको छ । मासिक रूपमा यो सूचक १५.५० र वार्षिक रूपमा १५.३२ प्रतिशतले ऋणात्मक छ । अस्ट्रेलियाको मुख्य सेयर बजार एस एन्ड पी– एएसएक्स २०० करिब ३२४.५९ अंक (४.२३ प्रतिशत) ले घटेको छ । मासिक ७.६१ प्रतिशतले गिरावट भएको यो सूचकांक वार्षिक रूपमा ५.७२ प्रतिशतले घटेको छ ।

प्यासिफिक क्षेत्रका १५ मुलुकमा स्टकको संयुक्त सूचकांक एमएससीआई एसिया प्यासिफिक ४ अंक (२.२३ प्रतिशत) ले घटेर बन्द भएको छ । मासिक रूपमा यो सूचक ५.१७ प्रतिशतले ऋणात्मक हुँदा वार्षिक रूपमा १.७३ प्रतिशतले सकारात्मक छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पका निर्णयले चीन र हङकङको सेयर बजार पनि प्रभावित भएको सञ्चार माध्यमले बताएका छन् । सोमबार चीनको सांघाई कम्पोजिट २४५ अंक (७.३४ प्रतिशत) घटेर बन्द भयो । मासिक रूपमा ८.१८ प्रतिशतले ऋणात्मक रहेको यो सूचक वार्षिक रूपमा ०.८९ प्रतिशतले सकारात्मक छ । हङकङको हेङसेङ सूचक ३०२१.५१ अंक (१३.२२ प्रतिशत) ले घटेर बन्द भयो । सोमबार चीन, हङकङ, दक्षिण कोरियालगायत राष्ट्रका मुख्य सेयर बजार उच्च अंकले घटेर बन्द भए । भारतका सेयर बजार पनि सोमबार उच्च दरले घटे । भारतको बम्बई स्टक एक्सचेन्ज (बीएसई १००) ७६५ अंक (३.२० प्रतिशत) ले घटेर बन्द भयो । यो मासिक रूपमा १.४६ र वार्षिक रूपमा १.६० प्रतिशतले ऋणात्मक अवस्थामा बन्द भएको छ ।

सेन्सेक्स २२२६.७९ अंक (२.९५ प्रतिशत) ले घटेर बन्द भएको छ । यो सूचक मासिक रूपमा १.६१ र वार्षिक रूपमा २.१५ प्रतिशत घटेको तथ्यांक छ । सोमबार ‘निफ्टी ५०’ ३.२४, बम्बई स्टक एक्सचेन्ज (बीएसई २००) ३.२४ र बम्बई स्टक एक्सचेन्ज (बीएसई ५००) ३.२९ प्रतिशतले घटेर बन्द भए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...