मुख्य समाचार
इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रुकलाई टी-२०आई र एकदिवसीय दुवै फर्म्याटको नयाँ कप्तान घोषणा
इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रुकलाई टी-२०आई र एकदिवसीय दुवै फर्म्याटको नयाँ कप्तान घोषणा

। इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रुकलाई टी-२०आई र एकदिवसीय दुवै फर्म्याटको नयाँ कप्तान घोषणा गरिएको छ। जस बटलरले गत मार्चमा सम्पन्न च्याम्पियन्स ट्रफीपछि कप्तानी छाडेपछि ब्रुकले नेतृत्व पाएका हुन्।

२६ वर्षीय ब्रुक अघिल्लो वर्षदेखि इंग्ल्यान्डको ह्‍वाइट बल उपकप्तान थिए र गत सेप्टेम्बरमा अष्ट्रेलियाविरुद्ध बटलर अनुपस्थित रहँदा पाँच एकदिवसीय खेलको कप्तानी पनि गरिसकेका खेलाडी हुन्। अब उनले आधिकारिक रूपमा पहिलो पटक कप्तानको रूपमा वेस्ट इन्डिजसँग मेको अन्त्यमा हुने तीन टी-२०आई र तीन एकदिवसीय खेलहरूमा टिमको नेतृत्व गर्नेछन्।




ब्रुकले भने, ‘इंग्ल्यान्डको कप्तान बन्नु ठूलो सम्मान हो। म बाल्यकालदेखि नै यर्कशायरका लागि खेल्ने, इंग्ल्यान्ड प्रतिनिधित्व गर्ने र एक दिन टिमको नेतृत्व गर्ने सपना देख्थेँ। आज त्यो सपना पूरा भएको छ।’

२०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका ब्रुक सबै फर्म्याटमा इंग्ल्यान्डका प्रमुख खेलाडी बनेका छन्। टेस्ट क्रिकेटमा उनी अहिले विश्वमा दोस्रो नम्बरका ब्याट्सम्यान हुन्, जसमा उनका टिममेट जो रुट मात्र अगाडि छन्। उनले पाकिस्तानविरुद्ध मुल्तानमा ३१७ रनको उत्कृष्ट पारी खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...