मुख्य समाचार
मुम्बईमाथि बेंगलुरुको रोमाञ्चक जित
मुम्बईमाथि बेंगलुरुको रोमाञ्चक जित

। भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलुरुले तेस्रो जित निकालेको छ । सोमबार मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै बेंगलुरुले तेस्रो जित निकालेको हो ।

बेंगलुरुले दिएको २२२ रनको बलियो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २०९ रन मात्र बनायो । तिलक वर्माले २९ बलमा ५६ तथा कप्तान हार्दिक पान्ड्याले १५ बलमा ४२ रनको आक्रामक पारी खेल्दै शानदार साझेदारी बनाएपनि पर्याप्त हुन सकेन ।




१२औं ओभरमा ९९-४ को अवस्थामा रहेको मुम्बईका लागि तिलक र हार्दिक मिलेर पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । अन्तिम २ ओभरमा २८ रन आवश्यक रहँदा हार्दिक क्याचआउट भए भने त्यसपछि अन्तिम ओभरमा २० रन आवश्यक रहँदा बलिङमा आएका क्रुनालले त्यस ओभरमा ३ विकेट लिँदै जित पक्का गरे ।

बेंगलुरुका लागि क्रुनालले ४ ओभरमा ४५ रन दिएर ४ विकेट लिए । जोश हेजलवूड र यश दयालले २-२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।




त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले २० ओभरमा ५ विकेट गुमाएर २२१ रन बनाएको थियो । विराट कोहलीले ६७ तथा कप्तान रजत पाटिदारले ६४ रन बनाएका थिए ।

आक्रामक ब्याटिङ गर्दै १९ बलमा ४० रन बनाएका जितेश शर्मा नटआउट रहे । देवदत पडिक्कलले ३७ रन बनाए । मुम्बईका कप्तान हार्दिक पान्ड्या र ट्रेन्ट बोल्टले २-२ विकेट लिँदा विग्नेश पुथुरले १ विकेट लिए ।

यस जितसँगै ४ खेलमा ६ अंक जोडेको बेंगलुरु अंकतालिकामा तेस्रो स्थानमा रहेको छ भने ५ खेलमा २ अंक मात्र रहेको मुम्बई आठौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...