मुख्य समाचार
अस्ट्रेलियाका युवा क्रिकेटर विल पुकोभ्स्कीले २७ वर्षकै उमेरमा सबै फर्म्याबाट सन्यासको घोषणा
अस्ट्रेलियाका युवा क्रिकेटर विल पुकोभ्स्कीले २७ वर्षकै उमेरमा सबै फर्म्याबाट सन्यासको घोषणा

। अस्ट्रेलियाका युवा क्रिकेटर विल पुकोभ्स्कीले २७ वर्षकै उमेरमा सबै फर्म्याबाट सन्यासको घोषणा गरेका छन्। पटक–पटकको टाउको चोट (कन्कसन) का कारण उनले यस्तो निर्णय लिनुपरेको बताएका छन्।

पछिल्लो पटक २०२४ को मार्चमा शेफिल्ड शिल्डको खेलमा राइली मेरीडिथको बाउन्सरले हिर्काउँदा उनी घाइते भएका थिए। त्यसपछि स्वास्थ्य समस्या बढ्दै गएपछि उनले यस निर्णय लिएका हुन्।




‘अब म फेरि कहिल्यै क्रिकेट खेल्नेछैन’ पुकोभ्स्कीले एसइएन रेडियोलाई बताएका छन्, ‘यो वर्ष निकै कठिन रह्यो। टाउकोको चोटपछि सामान्य जीवन चलाउन पनि गाह्रो भयो। केही महिना हिँड्न पनि गाह्रो भयो, सुतिरहन्थें, घरका काममा हात हाल्न सक्दिनथेँ।’

चिकित्सकको टोलीले पनि उनलाई खेल जीवन अन्त्य गर्न सुझाव दिएका थिए। ‘मैले निर्णय तब मात्रै गर्न चाहन्थें जब म लक्षणमुक्त हुन्थें, तर सुधार भएन’, उनले भने।




पुकोभ्स्कीले बताएअनुसार टाउकोको चोटले उनको मानसिक स्वास्थ्य, थकान, टाउको दुख्ने समस्या, र शरीरको बायाँ भागमा असहजता ल्याएको छ। ‘बाँयापट्टि केही भए चक्कर लाग्छ, वाकवाकी लाग्छ’ उनले भने, ‘२७ वर्षको उमेरमा अझ धेरै कुराहरु गर्नु थियो, तर स्वास्थ्यले खेल जीवन सकियो।’

२०२१ मा भारतविरुद्ध एससीजीमा आफ्नो एकमात्र टेस्ट खेलेका पुकोभ्स्कीलाई अष्ट्रेलियाको भविष्यको स्टार मानिन्थ्यो। ‘१०० टेस्ट खेल्ने सपना थियो, तर १ टेस्टमै अन्त्य भयो’ उनले भावुक हुँदै भने।

उनको यो निर्णयले क्रिकेटप्रेमीहरु भावुक बनेका छन्, तर धेरैले उनको स्वास्थ्यलाई प्राथमिकता दिएको सही निर्णय मानेका छन्।

-एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...