मुख्य समाचार
हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा
हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा

। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो ।

टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्।




वाकस बर्कात ५ वर्षपछि हङकङको टोलीमा फर्किएका हुन् । सन् २०१४ मा भएको टी२० विश्वकप पनि खेलेका ३५ वर्षीय बर्कात यस शृंखलाका लागि टोलीमा फर्किएका हुन् ।

उनले पछिल्लोपटक सन् २०२० मार्चमा मलेसियासँग खेलेपछि हङकङको टोलीबाट खेलेका छैनन् ।




टोलीमा रहेका बाबर हायात, अन्शुमन राथ, निजाकात खान, एइजाज खान र एहसान खान नेपालका लागि पनि परिचित नाम हुन् ।

यस शृंखलामा आयोजक हङकङसँगै नेपाल, कुवेत र कतार सहभागी हुनेछन् । रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोली हङकङ पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कालीगण्डकीको उत्तरबाहिनी क्षेत्र पाल्पाको असेर्दी र स्याङ्जाको मालुंगाको संगमस्थल धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। अर्सेदी मालुंगा संगमस्थलम कालीगण्डकी नदी उत्तर दिशातर्फ बगेको लामो दूरी मानिन्छ। गण्डकीको उत्तरबाहिनी क्षेत्र प्रचारप्रसार तथा महत्त्व बुझाउन गण्डकीको किनारामा उत्तर गण्डकी महामेला तथा दामोदर धर्मोत्सव गरिएको छ। हिन्दू धर्ममा उत्तरबाहिनी गण्डकीको विशेष महत्त्व रहेको छ। उत्तरबाहिनी ...
जेनजी आन्दोलनको क्रममा लुटिएको हतियार र गोली फेला
माओवादी केन्द्रमा टुट–फुट
झापा महिला गोल्डकप: सिक्किमको सिंग्लिङमाथि एपीएफको गोल वर्षा
स्वकीय सचिव कटौतीले सरकार र संसद्‌बीच बढ्‌यो टकराव