मुख्य समाचार
टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य
टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य

: चार देशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।


हङकङको मङ्ककस्थित मिसिन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको हो।


कतारका लागि कप्तान इक्रमूललाह खानले सर्वाधिक ५४ रनको अर्धशतकीय पारी खेले। उनले ५४ बलमा ५ चौका र २ छक्का प्रहार गरेका हुन्। १७. ६ ओभरमा नन्दन यादवले उनलाई बोल्ड आउट गरे। आजको खेलमा नेपालका लागि अन्तर्राष्ट्रिय टी-२० डेब्यु गरेका नन्दनले नेपालका लागि महत्त्वपूर्ण विकेट लिँदै अन्तर्राष्ट्रिय करियरको डेब्यु विकेट लिए।


ओपनिङमा आएका अर्मुगागणेश नागाराजनले १३ रन बनाए अर्का ओपनर रिफाई ठेरुभात ६ रनमा क्याच आउट भए। शाहजैब जामिलले ३१ रन बनाए। मुजीव उर रहमान २० र मोहम्मद ईर्साद १८ रनमा अविजित रहे।

बलिङमा नेपालका लागि करण केसी, सोमपाल कामी, गुल्सन झा, नन्दन यादव र ललित राजवंशीले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो । काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ...
: एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न सिंगापुर जाने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको विदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ गरेको हो । सिंगापुरमा ३१ मेदेखि एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका सुरु हुँदैछ । छनोट प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, मलेसिया र ...
: काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गतको पहिलो सेमीफाइनलमा भारतलाई ३–० सोझो सेटमा हराउँदै काजकिस्तान फाइनल प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा काजकिस्तानले भारतलाई २५–२१, २५–१७, २५–१४ ले हराएको हो । समूह ‘ए’ को विजेताको रूपमा सेमीफाइनल खेलेको भारत समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनल खेलेको ...
— जियान फिलिपे मेटाटेले गरेको एक माक्र गोलको मदतले त्रिस्टल प्यालेसले रायो भालेकानोलाई १–० ले पराजित गर्दै बुधबार यूईएफए कन्फ्रेन्स लिगको उपाधि जितेको छ । जर्मनको लाइपजिगमा भएको खेलमा मेटाटेले ५१ औं मिनेटमा गोल गरे । इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले युरोपेली उपाधि जितेको यो पहिलो पटक हो । यस उपाधिसँगै प्रशिक्षक ओलिभर ग्लासनेरले क्लबबाट पनि ...
— कप्तान इन्दु बर्माले अविजित ४२ रन बनाएपछि नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा बिहीबार इन्डोनेसियालाई ४ विकेटले पराजित गरेको छ । लगातार दोस्रो खेल जितेपछि नेपाल समूह ‘बी’ को विजेता बनेको छ । नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ । अर्को सेमिफाइनल समूह ‘ए’ को विजेता थाइल्यान्ड र चीनबीच हुनेछ । शीर्ष ...