मुख्य समाचार
(आइपीएल)मा पन्जाब किङ्सले सुपर किङ्सलाई १८ रनले पराजित
(आइपीएल)मा पन्जाब किङ्सले सुपर किङ्सलाई १८ रनले पराजित

: इन्डियन प्रिमियर लिग (आइपीएल)मा पन्जाब किङ्सले सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ। पञ्जाबको जितमा युवा ब्याटर प्रियांश अर्यालले उत्कृष्ट शतकीय पारी खेले।


मुलानपुरस्थित महाराजा यादावेन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पन्जाबले २१९ रन बनाएको थियो। पन्जाबले दिएको २२० रनको लक्ष्य पछाएको चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०१ रन बनायो।


चेन्नाईका लागि ओपनर डेवोन कोन्वेले सर्वाधिक ६९ रनको अर्धशतकीय पारी खेले। उनले ४९ बलमा ६ चौका २ छक्का प्रहार गरेका हुन्। अर्का ओपनर रचिन रविन्द्रले ३६ रन बनाए। कप्तान ऋतुराज गायकवार्ड खाता मात्रै खोलि क्याच आउट हुँदै पेभिलियन फर्किए। शिवम दुवैले ४२ र महेन्द्रसिंह धोनीले २७ रन बनाए।


पञ्जाबका लागि बलिङतर्फ लोकी फेरगुसोनले २ विकेट लिए। यश ठाकुर र ग्लेन म्याक्सवेलले समान १-१ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१९ रन बनाएको थियो।

पन्जाबका लागि ओपनर प्रियाशं अर्याले सर्वाधिक १०३ रनको शतकीय पारी खेले। उनले ४२ बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै आक्रमक शतक बनाएका थिए। यो २०२५ को आइपीएल सिजनको दोस्रो शतक हो। सिजनको पहिलो शतक इशान किसानको नाममा रहेको छ। उनले राजस्थान रोयल्स विरुद्ध १०६ रनको अविजित शतकीय पारी खेलेका थिए।

पञ्जाबका अर्का ओपनर प्रविसिमरन सिंह डकआउट भए। त्यसपछिका चार ब्याटरले दोहोरो अङ्कमा रन बनाउनै सकेनन्। कप्तान श्रेयस अय्यरले ९ रनमै बोल्ड आउट भए। शशांक सिंहले ५२ रनको अविजित अर्धशतकीय पारी खेल्दा उनीसँगै मार्को जान्सन ३४ रनमा अविजित रहे। यी दुईले सातौं विकेटको लागि ६५ रनको अविजित साझेदारी गरे।

चेनाईका लागि बलिङतर्फ खलिल हमिद र रविचन्द्र आश्विन ले समान २-२ विकेट लिए। मुकेश चौधरी र नुर अहमदले १-१ विकेट लिए । पञ्जाबले यससँगै चार खेलमा तीन जित र एक हार बेहोरेको छ।

चेन्नाई सुपर किंग्सले भने पाँच खेल खेल्दै एकमात्र जित दर्ता गर्दै लगातार चार हार बेहोरेको छ। पहिलो खेलमा जित दर्ता गरेको सीएसकेले त्यसपछि भने जित्न बिर्सिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: १० औं राष्ट्रिय खेलकुदको लागि सुर्खेतको विरेन्द्रनगरमा सचिवालय स्थापना गरिएको छ। १० औं राष्ट्रिय खेलकुदको आयोजनाको लागि हाल राखेप सदस्य सचिव रामचरित्र मेहेताको टोलीले विरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालय स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरे। सचिवालय स्थापनाका क्रममा कर्णाली प्रदेशका माननीय सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव ...
। सर्बियन स्टार नोभाक जोकोभिच चाइना ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को सेटमा पराजित गर्दै ३९ वर्षीय जोकोभिच उपाधिको नजिक पुगेका हुन् । जोकोभिचले पहिलो सेट ७-५ ले जितेका थिए । दोस्रो सेट ५-३ मा चलिरहँदा उनले म्याचका लागि सर्भ गर्दै थिए र १५-१५ को स्कोर थियो । सोही ...
: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो। क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे। नेपाल, ओमान र क्यानडाबीचको शृङ्खला अक्टोबर ९ देखि १९ सम्म ओमानमा हुनेछ। बिदाई कार्यक्रममा बोल्दै क्यानका ...
: वर्षौंदेखि मिति तोकिने र सर्ने क्रमले अन्योलमा परेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब भने कर्णालीमा हुने सुनिश्चितता भएको छ। आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश रंगशालामा भएको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिको बैठकले कर्णालीमा खेलकुदको महाकुम्भ हुने कुराको सुनिश्चितता गरेको हो। कर्णालीको राजधानीमा संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, कर्णाली ...
। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आग्रह गरेका छन् । दशौं खेलकुदको मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकमा मन्त्री पोखरेलले दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट सुरु भएको बताएका हुन् । ‘अझै पनि के शंका छ भने दशौं राष्ट्रिय खेलकुद हुने हो कि होइन भन्ने । पटकपटक सरेको हुनाले ...