मुख्य समाचार
थापाले सरकारले कामको गति लिन नसकेको बताए
थापाले सरकारले कामको गति लिन नसकेको बताए

। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले कामको गति लिन नसकेको बताएका छन् ।

नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।




‘कामको गति मिलिरहेको छैन । सरकार जुन गतिमा जानुपर्ने हो, गति भएन, गति पुगेन । म जुन ठाउँमा बसेर काम गरिरहेको छु, एउटा संयन्त्रमा बसेर काम गरिरहेको छु, त्यो संयन्त्रभित्र भन्ने कुरा पनि यही हो, बाहिर भन्ने कुरा पनि यही हो । यो गतिले पुग्दैन, म पार्टीका सभापतिलाई पनि त्यही कुरा भनिरहेको छु । प्रधानमन्त्रीलाई पनि त्यही कुरा भनिरहेको छु ।’

प्रधानमन्त्री र मन्त्रीहरूले २/३ महिना एक शब्द नबोली काम गर्न उनले आग्रह गरे । ‘प्रधानमन्त्री-मन्त्रीहरूले राम्रो काम गरिदिनूस् । तपाईंहरूले गरेका राम्रो कामको प्रचार हामी गर्छौं,’ थापाले भने ।




जनताले अपेक्षा गरे अनुसारको उपलब्धि दलहरूले दिन नसक्दा असन्तुष्टि बढेको उनले बताए । ‘नागरिकमा असन्तुष्टि छ । असन्तुष्टि किन छ भने, २० वर्ष नागरिकले प्रतीक्षा गर्‍यो । २०६० सालदेखि २०८० साल भनेको २० वर्ष भयो । यो भित्रमा जति छिटो परिणाम आउनुपर्थ्यो । त्यो परिणाम आउन सकेन । नागरिकमा ठूलो बेचैनी र असन्तुष्टि देखिन्छ ।’

नागरिकमा देखिएको असन्तुष्टिमा एकथरी मानिसले मट्टितेल खन्याउने काम गरिरहेको थापाले बताए । थापाले भने, ‘एकथरीका मानिसहरू आगो ह्वारह्वार्ती बल्छ भन्ने ठानेर मट्टितेल खन्याइरहेका छन् । मट्टितेल कसले खन्याइरहेको छ भनेर पछि लाग्ने काम कांग्रेसको होइन । असन्तुष्टि किन छ भनेर चिन्ने काम कांग्रेसको हो । असन्तुष्टिको आगो निभाउने हाम्रो काम हो ।’

तीन तहको सरकारमा कांग्रेस रहेका कारण जिम्मेवारीबाट कांग्रेस भाग्न निमल्ने उनको भनाइ छ । उनले भने, ‘तर यो जिम्मेवारी छ भनिरहँदा कांग्रेस जिम्मेवारीको नाममा नचाहिने बोझबाट थिचिराख्न पनि सक्दैन । हामी सरकारमा जानका लागि मात्रै गएको होइनौं । निश्चित उद्देश्य राखेर सरकारमा गएका हौं । हामी संविधान संसोधन गर्छौं भनेर, सुशासन दिन्छौं भनेर, असन्तुष्टि चिर्छौं भनेर सरकारमा गएका हौं । यी कामबारे समीक्षा गर्नु जरुरी छ ।’

भ्रष्टाचार, कुशासनलाई लिएर नागरिकमा ठूलो निराशा छाएको भन्दै थापाले भने, ‘हामी सरकारमा रहन्छौं, छौं । तर सरकारमा रहँदै गर्दा यो सरकार घाम रहेसम्म, जुन रहेसम्म सरकार रहन्छौं भन्ने ढंगबाट होइन, यो सरकार बनाउनुको पनि उद्देश्य थियो । त्यो उद्देश्यको कसीमा हामी सफल भयौं कि भएन भन्ने कुरालाई प्रत्येक पल हेर्नुपर्नेछ ।’

जसले गलत काम गर्छ त्यसको जिम्मा उसैले लिनुपर्ने उनको भनाइ थियो । थापाले भने, ‘यो सरकारले देशको भ्रष्टाचारलाई सफा गर्ने काम गर्नुपर्छ । भ्रष्टाचारलाई सफा गर्ने क्रममा कांग्रेसको स्पष्ट कुरा छ, जोसुकै परोस्, कांग्रेस परोस्, एमाले परोस्, दायाँको परोस्, बायाँको परोस्, हाम्रो परोस्, आमाको परोस्, मामाको परोस्, हामी जान्दैनौं । गलत काम गर्ने मान्छेले सजाय पाउनुपर्छ । यो मान्यता स्थापित गर्न सक्यो भने बल्ल नागरिकहरूमा भरोसा पैदा हुन्छ । त्यो भरोसा सिर्जना गर्ने काम हामी मिलेर गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा केही भएन भनेर गलत भाष्यको भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्त्री दाहालले गफभन्दा तथ्यले भ्रम चिर्नुपर्ने बताए । नेपालमा पूर्वाधार निर्माण तीव्र भइरहेको उल्लेख गर्दै उनले २ दशक अघिसम्म पनि देशको ...