: मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिलाठी कोईलाडी गाउँपालिका-७ मन्सापुर बस्ने ५० वर्षीय हरेराम मण्डल रहेका छन्।
अग्निसाइर कृष्णासवरन गाउँपालिका-५ बक्दुवास्थित सडकमा छप्कीबाट महुलीतर्फ आउँदै गरेको प्र२-०१-००२ प २३०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना उनी गम्भीर घाइते भएका थिए।
उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।