मुख्य समाचार
आर्सनलले रियल मड्रिडलाई ३-०ले हरायो
आर्सनलले रियल मड्रिडलाई ३-०ले हरायो

। डेक्लान राइसले फ्रिकिकमा दुई शानदार गोल गरेपछि आर्सनलले युईएफए च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पेनी महारथी रियल मड्रिडलाई पराजित गरेको छ।

मंगलबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आर्सनलले शानदार खेल प्रस्तुत गर्दै ३-० को जित निकाल्यो ।

खेलको ५८औं मिनेटमा डेक्लान राइसले पहिलो फ्रिकिकमार्फत गोल गर्दै आर्सनललाई अग्रता दिलाए। त्यसपछि ७०औं मिनेटमा उनले दोस्रो पटक फ्रिकिकमै गोल गर्दै अग्रता दोब्बर बनाए।

७५औं मिनेटमा मिकेल मेरिनोले तेस्रो गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए। खेलको अन्तिम मिनेटमा रियल मड्रिडका एडुआर्ड क्यामाभिङ्गाले दोस्रो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिए।

यो जितसँगै आर्सनलले सेमिफाइनल प्रवेशको लागि बलियो स्थिति बनाएको छ। दोस्रो लेग अब रियल मड्रिडको घरेलु मैदानमा हुनेछ।

गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले बायर्न म्युनिखलाई उसैको मैदानमा २-१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र भएको खेल मिलेमतो तथा ठगी सम्बन्धु कसुरमा अनुसन्धन गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको प्रतिवेदन अध्ययन गर्ने काम भइरहेको सरकारी वकिलको कार्यालयले जनाएको छ । सीआईबीले बुधबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ...
: आखिल नेपाल फुपटबल संघ (एन्फा) का चारजना पदाधिकारीमाथि सीआईबीले मुद्दा चलाउन सिफारिस गरेको छ। एन्फाका पदाधिकारीविरुद्ध परेका उजुरीमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एन्फाका दुईजना पदाधिकारीलाई पक्राउ गरिसकेको छ। सीबीआईका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पौडेल हाल सीआईबीको नियन्त्रणमा रहेका छन्। उनले अन्नपूर्ण पोष्टसँग ...
: आइसीसी लिग-२ को उपाधि अमेरिकाले जितेको छ। नामिबियालाई ४ विकेटले पराजित गरेपछि दुई खेल अगावै अमेरिका च्याम्पियन बनेको हो। डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा बुधबार भएको खेलमा नामिबियाले दिएको २ सय ९९ रनको लक्ष्य अमेरिकाले सात बल बाँकी छँदै पूरा गरेको हो। अमेरिकाको जितमा कप्तान मोनांक पटेल नायक बने। उनले १ सय ८ रनको शतकीय ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन बुधबार सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो । साथै अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई प्रतिवादी ...
। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम ...