— मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले सरकारमाथि उठेको प्रश्नबारे छानबिन गर्न उच्चस्त्तरीय छानबीन समिति बनाउन निर्देशन दिएका छन् । बुधबारको बैठकमा सभामुखले सो निर्देशन दिएका हुन् ।
प्रतिपक्ष दलका सांसदहरूले सरकारसँग जवाफ माग्दै चैत्र १० गते सदन अवरुद्ध गरेका थिए । त्यसपछि सर्वपक्षीय बैठकले छानबिन समिति बनाउने सहमति भएको थियो । त्यहीअनुसार छानबिन समिति बनाउन सभामुखले निर्देशन दिएका हुन् ।
प्रतिपक्ष सांसदहरूले सरकारले योजना खरिद बिक्री गरिरहेको, ससर्त अनुदानमा कमिसन लिएको र प्रत्यक्ष सांसदलाई दिइने ५ करोड र समानुपातिकलाई दिइने डेढ करोडमा सरकार पूर्वाग्रही भएको आरोप लगाउँदै आएका थिए ।