मुख्य समाचार
लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए
लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए

— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताएका छन् । राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको खबरदारी सभामा अध्यक्ष लिङ्देनले देश पछाडि पनि फर्किन नसक्ने भन्दै उनले नयाँ सझदारीको आवश्यकता रहेको बताएका हुन् ।



सबै राजनीतिक दलहरूको सझदारीमा नयाँ समझदारी गर्नपर्ने उनको भनाइ छ । ‘हिजोको केही राम्रा कुरा र अहिलेको व्यवस्थामा भएका राम्रा कुरा दुवैलाई जोडौ, जहाँ राजादेखि गणतन्त्रवादीहरू अटाऊन्,’ उनले भने ‘राजा अभिभावक र जनताले प्रत्यक्ष निर्वाचनबाट चुनिने प्रधानमन्त्री तथा हिन्दू राष्ट्र हुनुपर्छ ।’

उनले प्रदेश नभएको र स्थानीय तह बलियो भएको शासकीय स्वरूप हुनुपर्ने उनले उल्लेख गरे । भ्रष्टाचार गर्ने कोही पनि नछुटून र सुशासनयुक्त शासन व्यवस्था आजको आवश्यकता रहेको उनले उल्लेख गरे ।

चैत १५ गते तीनकुनेमा राज्य आतंक सिर्जना गरिएको उनले उल्लखे गरे । त्यसले देशमा नयाँ परिस्थिति निम्तिएको उनले बताए । राप्रपा कुनै प्रकारको हिंसाको पक्षधर नरहेको भन्दै उनले चैत १५ मा राज्यको तर्फबाट हिंसा भड्काइएको आरोप लगाए ।

‘सुनियोजित तरीकाले राज्यले हिंसा भड्कयो, २ जनाको ज्यान गयो, कैयौं घाइते भए त्यसको हिसाब किताब छैन । भौतिक क्षतिको कुनै हिसाब छैन,’ उनले भने ‘त्यसका लागि गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार छन् ।’ प्रहरी प्रमुखले समेत अश्रुग्यास म्याद नगुज्रिएको भनेर ढाँटेको उनले बताए । ‘प्रहरी प्रहरी भएर बसोस् । कुनै दलको कार्यकता भएर होइन,’ उनले भने ‘प्रहरी प्रमुख त युवा संघको सहअध्यक्ष रहेछन् ।’

राजावादीको प्रदर्शन हिंसात्मक नभएको भन्दै राज्य पक्षबाट गरिएको दमनलाई पनि हेर्न उनले सञ्चारमाध्यमहरूलाई आग्रह गरे । ‘तपाईंले अश्रुग्यास हान्नु भयो भने यहाँ बसेका मानिसले जे भेट्छन त्यसले हान्छन नि,’ उनले भने ‘सबभन्दा पहिला गोली कस्ले चलायो ? अश्रुग्यास कसले हान्यो ? मानव अधिकारवादीहरू कहाँ छन् ?’



उनले सञ्चार जगतप्रति गुनासो गर्दै भने ‘तपाईं सञ्चारकर्मीलाई गणतन्त्र मन पर्ला तर यो देश राजा मान्नेहरूको पनि हो । तपाईं सञ्चारकर्ममा रहेसम्म कम से कम निष्पक्ष व्यवहार गर्नुस् ।’ एमाले पार्टी कार्यालयमा सुरक्षाकर्मी राख्ने सरकारले समाजवादी पार्टीको कार्यालयमा किन सुरक्षा नदिएको भनेर पनि अध्यक्ष लिङ्देनले प्रश्न गरे । 'सुरक्षा किन गरिएन भन्ने आज फुटेज आइराख्या छन्,' उनले भने । चैत १५ गतेको घटनाको न्यायिक छानबिन गर्नुपर्ने पनि उनले माग राखे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा केही भएन भनेर गलत भाष्यको भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्त्री दाहालले गफभन्दा तथ्यले भ्रम चिर्नुपर्ने बताए । नेपालमा पूर्वाधार निर्माण तीव्र भइरहेको उल्लेख गर्दै उनले २ दशक अघिसम्म पनि देशको ...