मुख्य समाचार
कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्‍याउने
कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्‍याउने

— उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्‍याउने बताएका छन् ।


बुधबार तेह्रथुमको तीनजुरे मिल्केमा कोशी पर्यटन वर्ष-२०८२ को उद्घाटन गर्दै उनले पर्यटनको माध्यमबाट कोशी प्रदेशले समृद्धि र विकास क्षेत्रमा प्रशंसनीय काम गरेको उल्लेख गरे।


उपप्रधानमन्त्री सिंहले कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै, विशेषगरी भारतबाट पर्यटक भित्र्याउन सक्ने अवसरतर्फ प्रदेश सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। उनले पर्यटन क्षेत्रको विकासले देशमा बढ्दै गएको आर्थिक शिथिलता कम गर्न र नेपालको समग्र समृद्धिमा योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे।

उपप्रधानमन्त्री सिंहले मुलुक संघीयतामा गएपछि आम नागरिकको जीवनस्तरमा सुधार आएको दाबी गर्दै, २०४६ साल यताका विकासका तथ्य तथ्याङ्क हेर्न सुझाव दिए। उनले कतिपय व्यक्ति तथा समूहले विकास नै नभएको भन्ने भाष्य सिर्जना गरेर नकारात्मकता फैलाउने प्रयत्न गरेको भन्दै आपत्ति जनाए।

साथै, उनले आग्रह र पूर्वाग्रहभन्दा तथ्यमा आधारित भएर विकास निर्माण र त्यसबाट भएको प्रभावलाई हेर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा केही भएन भनेर गलत भाष्यको भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्त्री दाहालले गफभन्दा तथ्यले भ्रम चिर्नुपर्ने बताए । नेपालमा पूर्वाधार निर्माण तीव्र भइरहेको उल्लेख गर्दै उनले २ दशक अघिसम्म पनि देशको ...