— विद्यालय शिक्षा ऐनको मागसहित सडक आन्दोलनमा होमिएका शिक्षकहरुले बुधबार पनि काठमाडौं केन्द्रित सडक आन्दोलनलाई निरन्तरता दिएका छन् । आन्दोलनमा सहभागी हुन देशैभरबाट शिक्षकहरु आउने क्रम पनि बढेको छ । जसका कारण बुधबार माइतीघर देखि बानेश्वरसम्मको सडकमा यातायात आवागमन अवरुद्ध समेत भएको थियो ।
सरकारले वार्ता, संवाद गर्न तेस्रो पटक गरेको प्रस्ताव पनि नेपाल शिक्षक महासंघले अस्वीकार गरेको छ ।