मुख्य समाचार
नेपाली यु-१९ क्रिकेट टोली अफगानस्तानलाई ८५ रनले पराजित
नेपाली यु-१९ क्रिकेट टोली अफगानस्तानलाई ८५ रनले पराजित

: नेपालले अफगानस्तानलाई ८५ रनले पराजित गरेको छ। नेपाली यु-१९ क्रिकेट टोलीले अफगानिस्तान यु-१९ टोलीलाई डीएलएस(डर्कवर्थ लुइस स्ट्रेन)मा पराजित गरेको हो।


मुलपानी क्रिकेट मैदानमा २०.१ ओभरमा वर्षा सुरु भएपछि तीन दिवसीयअन्तर्गतको अन्तिम खेल नेपालको पक्षमा परेको हो। यसअघि २ खेल जित्दै अफगानिस्तानले सिरिज जितिसकेको छ। पहिलो खेलमा १३० रनले पराजित भएको नेपाल दोस्रो खेलमा १ रनले पराजित भएको थियो।


मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा अलआउट हुँदै १९१ रन बनाएको थियो। नेपालले दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले २०.१ ओभरमा ६ विकेट गुमाउँदै ४६ रन बनायो।



अफगानिस्तानका लागि फैजल सैनजुदाले १६ रन बनाए। अर्का ब्याटर अजिजुल्लाह मिया खिल १५ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अपराजित पौडेलले २ विकेट लिए। दयानन्द मण्डल, विपिन शर्मा, सन्तोष यादव र अशोक धामीले १-१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको नेपालका लागि ओपनर ब्याटर साहिल पटेलले ४६ रनको पारी खेले। उनले ६२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
अर्का ओपनर निरज कुमार यादवले ४२ रन बनाए। कप्तान नरेन भट्टले २२, दर्श सोनारले १० र रोशन विश्वकर्माले २८ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा) भित्र भएको खेल मिलेमतो तथा ठगी सम्बन्धु कसुरमा अनुसन्धन गरेर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुझाएको प्रतिवेदन अध्ययन गर्ने काम भइरहेको सरकारी वकिलको कार्यालयले जनाएको छ । सीआईबीले बुधबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ...
: आखिल नेपाल फुपटबल संघ (एन्फा) का चारजना पदाधिकारीमाथि सीआईबीले मुद्दा चलाउन सिफारिस गरेको छ। एन्फाका पदाधिकारीविरुद्ध परेका उजुरीमाथि अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एन्फाका दुईजना पदाधिकारीलाई पक्राउ गरिसकेको छ। सीबीआईका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार एन्फाका कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पौडेल हाल सीआईबीको नियन्त्रणमा रहेका छन्। उनले अन्नपूर्ण पोष्टसँग ...
: आइसीसी लिग-२ को उपाधि अमेरिकाले जितेको छ। नामिबियालाई ४ विकेटले पराजित गरेपछि दुई खेल अगावै अमेरिका च्याम्पियन बनेको हो। डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा बुधबार भएको खेलमा नामिबियाले दिएको २ सय ९९ रनको लक्ष्य अमेरिकाले सात बल बाँकी छँदै पूरा गरेको हो। अमेरिकाको जितमा कप्तान मोनांक पटेल नायक बने। उनले १ सय ८ रनको शतकीय ...
। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन बुधबार सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो । साथै अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई प्रतिवादी ...
। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम ...