मुख्य समाचार
आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा यूएईसँग आफ्नो पहिलो खेल खेल्ने
आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा यूएईसँग आफ्नो पहिलो खेल खेल्ने

— नेपालले आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा यूएईसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ । अर्को साता सुरु हुने पाँच राष्ट्र सहभागी प्रतियोगिताको खेल तालिका नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको हो ।


अप्रिल १३ देखि १९ सम्म काठमाडौंको मूलपानीमा हुने प्रतियोगितामा नेपाल, यूएईसहित अफगानिस्तान, हङकङ र ओमानले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका सबै खेल मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछन् । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।


नेपालले यूएईसँग अप्रिल १३ मा खेलेपछि १४ मा ओमान, १६ मा हङकङ र १९ मा अफगानिस्तानसँग खेल्नेछ । राउन्ड रोबिन लिगमा सर्वाधिक अंक ल्याउने टोली विजेता बन्दै यू–१९ विश्वकपमा पुग्नेछ ।

नेपालले यू–१९ विश्वकप छनोट तेस्रो पटक आयोजना गर्न लागेको हो । यसअघि सन् २००१ र २००५ मा गरी घरेलु मैदानमा दुई पटक आयोजना भएको एसीसी यू–१९ कप जित्दै नेपाल यू–१९ विश्वकपमा पुगेको थियो । नेपालले कुल ८ पटक यू–१९ विश्वकप खेलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिफारिस गरेको छ । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा गरिएको अनुसन्धान प्रतिवेदन बुधबार सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो । साथै अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेलाई प्रतिवादी ...
। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि ३–० को सहज जित दिलाएपछि उनको भावुक बिदाइ गरिएको छ । ब्युनस आयर्सस्थित मोनुमेन्टल स्टेडियममा ८५ हजारभन्दा बढी दर्शकबीच ३९ वर्षीय मेसीले आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्तिम ...
: १० औं राष्ट्रिय खेलकुदको लागि सुर्खेतको विरेन्द्रनगरमा सचिवालय स्थापना गरिएको छ। १० औं राष्ट्रिय खेलकुदको आयोजनाको लागि हाल राखेप सदस्य सचिव रामचरित्र मेहेताको टोलीले विरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालय स्थापना गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले सचिवालयको उद्घाटन गरे। सचिवालय स्थापनाका क्रममा कर्णाली प्रदेशका माननीय सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव ...
। सर्बियन स्टार नोभाक जोकोभिच चाइना ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनलमा रुसका डानिल मेडभेडेभलाई २-० को सेटमा पराजित गर्दै ३९ वर्षीय जोकोभिच उपाधिको नजिक पुगेका हुन् । जोकोभिचले पहिलो सेट ७-५ ले जितेका थिए । दोस्रो सेट ५-३ मा चलिरहँदा उनले म्याचका लागि सर्भ गर्दै थिए र १५-१५ को स्कोर थियो । सोही ...
: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने श्रृंखलाको लागि नेपाली टोलीको बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार टोलीको बिदाइ गरेको हो। क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले टोलीलाई शुभकामना दिँदै बिदाइ गरे। नेपाल, ओमान र क्यानडाबीचको शृङ्खला अक्टोबर ९ देखि १९ सम्म ओमानमा हुनेछ। बिदाई कार्यक्रममा बोल्दै क्यानका ...