मुख्य समाचार
नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग
नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग

— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।



संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस गर्ने क्रममा उक्त माग अघि सारेको हो ।

अध्यक्ष अनुपम राठी नेतृत्वमा काठमाडौं पुगेको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मा लगायतलाई भेट गरी बजेटका लागि सुझाव पेस गरेको हो ।

कच्चा पदार्थमा लाग्ने उच्च भन्सार दर न्यूनीकरण, पर्याप्त बैंक तरलता सदुपयोग गर्दै कृषि, उद्योग, शिक्षा, पर्यटन लगायत क्षेत्रमा नयाँ लगानी आकर्षित गर्ने दीर्घकालीन नीति ल्याउनुपर्ने सुझाव पनि संघले दिएको छ । पुँजीगत तथा विकास खर्च बढाउने, आर्थिक वर्ष सुरु हुने मिति परिवर्तन गर्ने, पूर्वमा निर्मित रेलवे पूर्वाधार प्रयोगमा ल्याउन नेपाल–भारत पारवाहन सन्धि परिमार्जन गर्नुपर्ने पनि संघले माग राखेको छ ।
त्यस्तै, मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा विशेष आर्थिक क्षेत्र स्थापना, विराटनगरको रिङरोड निर्माण कार्य सम्पन्न गर्न बजेट विनियोजन, प्लास्टिक तथा रबरका रि–प्रोसेसिङ उद्योग स्थापनाको वातावरण बनाउने विषय समावेश गरिएको उद्योगी नवीन रिजालले जनाए ।

‘भन्सार व्यवस्थापन सुधार, मौसमी भन्सार दरको कार्यान्वयन, यथार्थ बिल–बिजकको आधारमा मूल्यांकन, रि–एक्सपोर्ट नीति विस्तार, निकासी प्रवर्द्धनका लागि अनुदानको दर र दायरा विस्तार लगायतका कार्यान्वयन योग्य विषयहरूमा जोड दिइएको छ,’ रिजालले भने ।



त्यसैगरी, बहुदरको मूल्य अभिवृद्धि कर, व्यक्तिगत तथा दम्पतीको आयकर सीमा क्रमशः १० लाख र १२ लाख पुर्‍याउने, निर्यात कर्पोरेटलाई आयकर छुट, भन्सार विन्दुमै अन्तःशुल्क फिर्ता गर्ने व्यवस्था, पुँजीगत सामग्रीमा अन्तःशुल्क नलाग्ने र नेपाल–भारत व्यापार सन्धिविपरीतको कार्गो भेहिकल फि हटाउनुपर्ने प्रस्ताव संघले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा बहस सकिएको छ
। चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले वार्षिक लक्ष्यको २३ दशमलव ८८ प्रतिशतअर्थात् १६ अर्ब ११ करोड सात लाख ८२ हजार राजस्व संकलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व संकलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट चाुल आवमा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व ...
— नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँट गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँट गरिएको बैंकले जनाएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाँट गरेको हो । संस्थागत लगानीकर्तालाई परिपत्र विधि ...
— उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीसँग भेट गरी उद्योग–व्यवसाय क्षेत्रसँग सम्बन्धित समसामयिक समस्याहरू र सुझावहरू प्रस्तुत गर्दै तिनको कार्यान्वयनका लागि आग्रह गरेको छ । अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा संगठनका निर्वतमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू ...
— नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । चाईनिज जनरल एसोसिएसन अफ इण्डष्ट्रि एन्ड कमर्स इन नेपालद्वारा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले नेपाल प्रविधि, नवप्रवर्द्धन तथा लगानीका दृष्टिकोणले अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुनिश्चितता हुनेगरी नीतिगत व्यवस्था रहेको बताए । प्राकृतिक स्रोत साधन, रणनीतिक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम