मुख्य समाचार
नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग
नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग

— मोरङ उद्योग व्यापार संघले भारतीय सीमावर्ती बजारबाट हुने अवैध कारोबार नियन्त्रणको माग गर्दै खाद्यान्न, लत्ताकपडा लगायतका वस्तुको आयात शुल्क समायोजन गरी नेपाली बजारमा प्रतिस्पर्धी मूल्य कायम गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।



संघले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तयारीका लागि अर्थमन्त्री, उद्योगमन्त्री लगायत सम्बद्ध निकायका प्रमुखलाई भेटेर औपचारिक सुझाव पेस गर्ने क्रममा उक्त माग अघि सारेको हो ।

अध्यक्ष अनुपम राठी नेतृत्वमा काठमाडौं पुगेको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भन्सार विभागका उपमहानिर्देशक जनकराज शर्मा लगायतलाई भेट गरी बजेटका लागि सुझाव पेस गरेको हो ।

कच्चा पदार्थमा लाग्ने उच्च भन्सार दर न्यूनीकरण, पर्याप्त बैंक तरलता सदुपयोग गर्दै कृषि, उद्योग, शिक्षा, पर्यटन लगायत क्षेत्रमा नयाँ लगानी आकर्षित गर्ने दीर्घकालीन नीति ल्याउनुपर्ने सुझाव पनि संघले दिएको छ । पुँजीगत तथा विकास खर्च बढाउने, आर्थिक वर्ष सुरु हुने मिति परिवर्तन गर्ने, पूर्वमा निर्मित रेलवे पूर्वाधार प्रयोगमा ल्याउन नेपाल–भारत पारवाहन सन्धि परिमार्जन गर्नुपर्ने पनि संघले माग राखेको छ ।
त्यस्तै, मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा विशेष आर्थिक क्षेत्र स्थापना, विराटनगरको रिङरोड निर्माण कार्य सम्पन्न गर्न बजेट विनियोजन, प्लास्टिक तथा रबरका रि–प्रोसेसिङ उद्योग स्थापनाको वातावरण बनाउने विषय समावेश गरिएको उद्योगी नवीन रिजालले जनाए ।

‘भन्सार व्यवस्थापन सुधार, मौसमी भन्सार दरको कार्यान्वयन, यथार्थ बिल–बिजकको आधारमा मूल्यांकन, रि–एक्सपोर्ट नीति विस्तार, निकासी प्रवर्द्धनका लागि अनुदानको दर र दायरा विस्तार लगायतका कार्यान्वयन योग्य विषयहरूमा जोड दिइएको छ,’ रिजालले भने ।



त्यसैगरी, बहुदरको मूल्य अभिवृद्धि कर, व्यक्तिगत तथा दम्पतीको आयकर सीमा क्रमशः १० लाख र १२ लाख पुर्‍याउने, निर्यात कर्पोरेटलाई आयकर छुट, भन्सार विन्दुमै अन्तःशुल्क फिर्ता गर्ने व्यवस्था, पुँजीगत सामग्रीमा अन्तःशुल्क नलाग्ने र नेपाल–भारत व्यापार सन्धिविपरीतको कार्गो भेहिकल फि हटाउनुपर्ने प्रस्ताव संघले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— यस वर्ष दसैं, तिहार र छठको अवसरमा नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ । अघिल्ला दुई वर्ष सुकिला (प्रयोगमा रहेका) नोट मात्र वितरण गरेको राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै सटही सुविधा दिएको हो । राष्ट्र बैंकले नयाँ नोट साट्न विगतमा जस्तो सूचना जारी गर्ने चलन यसपालि हटाएको छ । इच्छुक सर्वसाधारणले राष्ट्र ...
। चाडपर्वका बेला उपभोक्तालाई सहज ग्यास उपलब्ध गराउन ग्यास उद्योगीहरूले जुनसुकै ब्रान्ड (कम्पनी) को ग्यास सिलिन्डर साट्न सक्ने व्यवस्था गर्न लागेको बताएका छन् । यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर आफूलाई पायक पर्ने स्थानबाट ग्यास लिन पाउने भएका छन् । यसका लागि उपभोक्ताले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । एउटामात्र सिलिन्डर भएका उपभोक्ताले बजारमा ...
: आफूसँग भएका जहाजसमेत पूर्णक्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लिजमा जहाज थप्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। निगमका ५ चिनियाँ जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन् , एउटा ट्विनअटर लामो समयदेखि ग्राउन्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चारमध्ये एउटा वाइडबडी इटालीमा मर्मतका क्रममा लामो समयदेखि उतै छ। निगमका अनुसार अवस्थाअनुसार अन्तर्राष्ट्रिय उडानमा अहिले तीनवटा ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ‘पशु वधशाला र मासु जाँच (दोस्रो संशोधन) नियमावली २०५७’ को मस्यौदा सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै विधायन ऐन २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनार्थ उक्त मस्यौदामाथि सर्वसाधारण र सरोकारवालाबाट राय, सुझाव तथा पृष्ठपोषण माग गरेको हो । सार्वजनिक गरिएको संक्षिप्त विवरण अनुसार यस मस्यौदाको मुख्य ...
। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकल महिला उद्यमीलाई दुई लाखसम्मको प्रविधि सहयोग गर्ने भएको छ । यस्तै, महिला उद्यमी समूहलाई तीन लाखसम्मको प्रविधिमा सहयोग गर्ने भनेको छ । महिला उद्यमशीलता विकास, वित्तीय पहुँच, टेवा पुँजी र प्रविधि सहयोगसहित महिला उद्यमी तथा उद्यमी समूहलाई उद्यमशीलता प्रवर्द्धन कार्यक्रम अन्तर्गत यो सहयोग गर्ने ...