मुख्य समाचार
ट्रम्पले ९० दिनको लागि पारस्परिक कर लगाउने निर्णयमा रोक
ट्रम्पले ९० दिनको लागि पारस्परिक कर लगाउने निर्णयमा रोक

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ७५ भन्दा बढी देशहरूमा ९० दिनको लागि पारस्परिक कर लगाउने निर्णयमा रोक लगाएका छन्। तर चीनका लागि भने करमा रोक लगाइएको छैन। चिनियाँ सामानमा भन्सार कर अझै बढाएर १०४% बाट १२५% पुर्‍याएका छन्। चीनले प्रतिशोधात्मक ८४% कर लगाएपछि ट्रम्पले यो कदम चालेका हुन्।


अब चीनमा बनेको १०० डलरको उत्पादन अमेरिका पुग्दा २२५ डलर पर्नेछ। अमेरिकामा चिनियाँ सामान महँगो हुँदै गएकाले यसको बिक्री घट्ने सम्भावना छ।


ट्रम्पले ट्रुथ सोसलमा चीनले विश्वव्यापी बजारको सम्मान नगरेको बताएका छन्। त्यसैले आफूले चीनमा कर अझै बढाएर १२५% बनाएको बताएका छन्। उक्त कार्यले चीनले चाडै नै अमेरिका र अन्य देशहरूलाई लुट्ने दिन सकिएको बुझ्ने बताए।


अमेरिकाले चीनबाट ४४० अर्ब डलर बराबरको आयात गर्छ। चीनबाट उत्पादनहरू आयात गर्ने अमेरिकी कम्पनीहरूका लागि अब विकल्प खोज्नु ठूलो चुनौती बन्दै गएको छ।

सम्झौता गर्ने देशहरूको लागि भने भन्सार १०% हुनेछ।

७५ भन्दा बढी देशहरूले अमेरिकी प्रतिनिधिहरूलाई आमन्त्रित गरेका र यी देशहरूले आफ्नो सुझावमा अमेरिका विरुद्ध कुनै पनि बदला नलिएका ट्रम्पले बताए। त्यसैले करमा ९० दिनको पज स्वीकार गरेको ट्रम्पको भनाइ छ। भन्सार शुल्कमा यो विरामले नयाँ व्यापार सम्झौताहरूमा वार्ता गर्न समय प्रदान गर्नेछ।

अमेरिकी अर्थमन्त्री स्कट बेसान्टले अमेरिकासँग वार्ता गर्न इच्छुक देशहरूका लागि यो दर १०% मा घटाइने बताएका छन्।

मन्दी र महङ्गीको खतरा

ट्रम्पको ट्यारिफका कारण अमेरिकासहित विश्व बजारमा १० ट्रिलियन डलरको गिरावट आएको थियो। अहिले भन्सार शुल्क रोक्ने निर्णय गरेको केही घण्टा भित्रै फेरि अमेरिकी शेयर बजारको मूल्य ३.१ ट्रिलियन डलरले बढेको छ।

ट्रम्पका नजिकका सल्लाहकारहरू र एलोन मस्कले पनि उनलाई ट्यारिफ युद्ध रोक्न सल्लाह दिएका थिए। ट्रम्पको रिपब्लिकन पार्टीका धेरै नेताहरू पनि करको विरुद्धमा थिए। उनीहरुले शुल्कलाई असंवैधानिक, अर्थतन्त्रलाई हानिकारक र कूटनीतिक रूपमा खतरनाक भएको बताएका थिए।

भन्सार शुल्क बढ्नाले अमेरिकी बजारमा अप्रत्यासित रुपमा असर परेको जनाइएको छ। वाल स्ट्रिट बैंकहरूले शुल्कले अमेरिकामा मुद्रास्फीति, बढ्दो बेरोजगारी र मन्दी निम्त्याउने चेतावनी दिएका थिए।

शेयर बजार १०% ले बढ्यो

ट्यारिफ रोक्ने घोषणा हुनुभन्दा चार घण्टा अगाडि ट्रम्पले ट्रुथ सोसियलमा लेखे, 'यो खरिद गर्ने राम्रो समय हो।' यसपछि, ट्रम्पले पारस्परिक ट्यारिफ रोक्ने घोषणा गर्ने बित्तिकै शेयर बजार फेरि उछालमा फर्कियो।

डाउ जोन्स २,६०० अंक (७.१%) भन्दा बढी उक्लियो। S&P ५०० ९.५% ले बढ्यो। नास्ड्याक १,५३६ अंक वा १०.३% ले बढ्यो। नास्ड्याकमा यो वृद्धि २००८ को मन्दी पछिको सबैभन्दा ठूलो हो। साथै एप्पल, एनभिडिया, टेस्ला जस्ता कम्पनीहरूको शेयरमा पनि वृद्धि देखिएको छ।

सबैभन्दा ठूलो वृद्धि टेस्लामा २०.०१% भएको छ। बिटक्वाइन पनि ६% ले बढेको जनाइएको छ। एक दिन अघि ट्यारिफ युद्धबाट चिन्तित विश्वभरका बजारहरू ४% ले घटेका थिए।

चीनमाथि किन कर बढायो?

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्पले बढ्दो व्यापार युद्धको बीचमा भन्सार शुल्क फिर्ता लिएर अमेरिका विरुद्ध मोर्चा नखोलेका देशहरूलाई प्रोत्साहित गरिएको जनाइएको छ।

तर चीनले भने अमेरिकाको कर वृद्धिविरुद्ध कर बढाएको थियो। बुधबार नै चीनले अमेरिकामाथिको भन्सार ३४% बाट बढाएर ८४% पुर्‍याउने घोषणा गरेको थियो। त्यसैले ट्रम्पले चीनमाथिको भन्सार १०४% बाट बढाएर १२५% पुर्‍याएका जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...