मुख्य समाचार
गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र जयगढ बजारमा भएको आगलागीको अवस्थाको प्रदेशका दुई मन्त्रीले अनुगमन
गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र जयगढ बजारमा भएको आगलागीको अवस्थाको प्रदेशका दुई मन्त्रीले अनुगमन

अछामः बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र जयगढ बजारमा भएको आगलागीको अवस्थाको प्रदेशका दुई मन्त्रीले अनुगमन गरेका छन्।


जयगढ पुगेर सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला मन्त्री हिरा सार्कीले आगलागीबाट भएको क्षतिको अनुगमन गरेका हुन्।


मंगलबार राति भएको आगलागी घटनाको अवस्था बुझ्न मन्त्रीको टोली धनगढीबाट बुधबार राति नै अछाम पुगेको हो। टोलीले बिहीबार बिहान जयगढ पुगेर आगलागीपछिको अवस्थाको निरीक्षण गर्नुका साथै पीडितहरूसँग पनि छलफल गरेका छन्।


सामाजिक विकास मन्त्री खड्काले क्षतिको अझै विस्तृत रूपमा विवरण संकलन गर्न सुझाव दिए। मन्त्री खड्काले प्रदेश सरकारबाट ५० लाख आर्थिक सहयोग गर्ने निर्णय भएको जानकारी दिँदै सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकोले यति बेला गाउँपालिकालाई ठूलो जिम्मेवारी आएकाले संयमता पूर्वक भूमिका निर्वाह गर्न आग्रह गरे।

मन्त्री खड्काले विभिन्न संघ संस्थाहरूलाई समेत सहयोगको अपिल गरेका छन्। यस्तो विपद्का बेला गलत मानसिकता भएकाहरूले मालसमानहरू चोरी गरेको भन्दै मन्त्री खड्काले तिनको पहिचान गरी कारबाही गर्नुपर्ने बताए।

मंगलबार साँझ ७:२० बजे भीषण आगलागी भई २३ घरमा रहेका ३५ पसल जलेर नष्ट भएका छन्। भौतिक संरचना बाहेक आठ करोडभन्दा बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा केही भएन भनेर गलत भाष्यको भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्त्री दाहालले गफभन्दा तथ्यले भ्रम चिर्नुपर्ने बताए । नेपालमा पूर्वाधार निर्माण तीव्र भइरहेको उल्लेख गर्दै उनले २ दशक अघिसम्म पनि देशको ...