मुख्य समाचार
चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह
चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह

। अमेरिकासँग बढ्दो व्यापार युद्धको बीचमा चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको ट्राभल एडभाइजरीमा नागरिकहरूलाई ‘सावधानीपूर्वक यात्रा गर्न’ र अमेरिका जानुअघि ‘सम्भावित जोखिमको पूर्ण मूल्यांकन गर्न’ सुझाव दिइएको छ।


यस एडभाइजरीमा चीन–अमेरिका बीचको बिग्रँदो आर्थिक र व्यापारिक सम्बन्ध तथा संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षाको अवस्थालाई कारण देखाइएको छ।

यससँगै, चीनको शिक्षा मन्त्रालयले पनि अर्को एड्भाइजरी जारी गर्दै अमेरिकी विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीलाई ‘सुरक्षासम्बन्धी जोखिमको मूल्यांकन’ गर्न आग्रह गरेको छ।


भन्सार शुल्कलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व चर्किंदै गएको छ। चीनले अमेरिकाबाट आयात हुने वस्तुहरूमा ८४ प्रतिशत ट्यारिफको घोषणा गरिसकेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका वस्तुहरूमा १२५ प्रतिशत ट्यारिफ लगाइसकेका छन्।

यसको जवाफमा चीनका राष्ट्रपति सी जिनपिङले भनेका छन्, ‘अमेरिकाको भन्सार शुल्कको सामना गर्न चीनले आफ्ना छिमेकीहरूसँग सम्बन्ध बलियो बनाउनु आवश्यक छ।’

ट्रम्पले १२५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनले पनि तत्काल कठोर प्रतिक्रिया दिइसकेको छ।

बीबीसीका अनुसार एक चिनियाँ अधिकारीले ‘चीन चुप लागेर नबस्ने’ प्रतिक्रिया दिएका हुन् ।

अमेरिकाले चीनमा १०४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि चीनले जवाफी कदमस्वरूप अमेरिकाबाट आयात हुने वस्तुहरूमा भन्सार शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्‍याउने निर्णय गरेको थियो।

चीनको यो कदमपछि ट्रम्पले थप कडा प्रतिक्रिया दिँदै चिनियाँ वस्तुहरूमा आयात शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्‍याएका हुन्।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘जब चिनियाँ जनताको अधिकार र हितमा चोट पुग्छ, त्यस्तो अवस्थामा सरकार चुप लागेर बस्दैन।’

चीनको एक सरकारी पत्रिकाले सम्पादकीयमा लेखेको छ, ‘विश्वव्यापी ऐक्यबद्धताले व्यापारिक दादागिरीमाथि जित हासिल गर्न सक्छ।’

उक्त लेखमा जापान, दक्षिण कोरिया र अन्य एशियाली अर्थतन्त्रहरूसँग बेइजिङको सहकार्यबारे पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...