मुख्य समाचार
चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह
चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह

। अमेरिकासँग बढ्दो व्यापार युद्धको बीचमा चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नुअघि सावधानी अपनाउन आग्रह गरेको छ।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले सार्वजनिक गरेको ट्राभल एडभाइजरीमा नागरिकहरूलाई ‘सावधानीपूर्वक यात्रा गर्न’ र अमेरिका जानुअघि ‘सम्भावित जोखिमको पूर्ण मूल्यांकन गर्न’ सुझाव दिइएको छ।


यस एडभाइजरीमा चीन–अमेरिका बीचको बिग्रँदो आर्थिक र व्यापारिक सम्बन्ध तथा संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षाको अवस्थालाई कारण देखाइएको छ।

यससँगै, चीनको शिक्षा मन्त्रालयले पनि अर्को एड्भाइजरी जारी गर्दै अमेरिकी विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीलाई ‘सुरक्षासम्बन्धी जोखिमको मूल्यांकन’ गर्न आग्रह गरेको छ।


भन्सार शुल्कलाई लिएर अमेरिका र चीनबीच द्वन्द्व चर्किंदै गएको छ। चीनले अमेरिकाबाट आयात हुने वस्तुहरूमा ८४ प्रतिशत ट्यारिफको घोषणा गरिसकेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका वस्तुहरूमा १२५ प्रतिशत ट्यारिफ लगाइसकेका छन्।

यसको जवाफमा चीनका राष्ट्रपति सी जिनपिङले भनेका छन्, ‘अमेरिकाको भन्सार शुल्कको सामना गर्न चीनले आफ्ना छिमेकीहरूसँग सम्बन्ध बलियो बनाउनु आवश्यक छ।’

ट्रम्पले १२५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनले पनि तत्काल कठोर प्रतिक्रिया दिइसकेको छ।

बीबीसीका अनुसार एक चिनियाँ अधिकारीले ‘चीन चुप लागेर नबस्ने’ प्रतिक्रिया दिएका हुन् ।

अमेरिकाले चीनमा १०४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि चीनले जवाफी कदमस्वरूप अमेरिकाबाट आयात हुने वस्तुहरूमा भन्सार शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्‍याउने निर्णय गरेको थियो।

चीनको यो कदमपछि ट्रम्पले थप कडा प्रतिक्रिया दिँदै चिनियाँ वस्तुहरूमा आयात शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्‍याएका हुन्।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘जब चिनियाँ जनताको अधिकार र हितमा चोट पुग्छ, त्यस्तो अवस्थामा सरकार चुप लागेर बस्दैन।’

चीनको एक सरकारी पत्रिकाले सम्पादकीयमा लेखेको छ, ‘विश्वव्यापी ऐक्यबद्धताले व्यापारिक दादागिरीमाथि जित हासिल गर्न सक्छ।’

उक्त लेखमा जापान, दक्षिण कोरिया र अन्य एशियाली अर्थतन्त्रहरूसँग बेइजिङको सहकार्यबारे पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
इरानको आणविक प्रविधि बाह्य अवरोधबाट सुरक्षित रहेको र धम्की, दबाब वा आक्रमणबाट त्यसलाई रोक्न नसकिने इरानको परमाणु ऊर्जा संगठनका प्रमुखले बताएका छन् । संगठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक क्षेत्रमा भएको प्रगतिलाई देशको राष्ट्रिय उपलब्धि भन्दै यो इरानी वैज्ञानिकहरूको चौबीसै घण्टाको मेहनतबाट सम्भव भएको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघमा अमेरिकाले दिएको अभिव्यक्ति उसको लाचारीको प्रमाण ...
इरानका विदेशमन्त्री अब्बास अराघचीले वातावरणलाई अब युद्धको मौन पीडितका रूपमा मात्रै हेर्न नसकिने बताएका छन्। उनले पछिल्ला वर्षहरूमा गाजा, लेबनान र इरानमा भएका घटनाले सैन्य आक्रमणबाट मानवीय क्षति र महत्त्वपूर्ण पूर्वाधारको विनाशसँगै वातावरणमा गहिरो र कहिलेकाहीँ दीर्घकालीन असर परेको देखाएको बताए। उनले भने, ‘गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व ...
जिबुटी तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा ११६ जना बेपत्ता भएका छन् । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त जानकारी दिएको हो । आईओएमका अनुसार अक्टोबर ८ र ९ को मध्यरात जिबुटीबाट यमनतर्फ ३५० जना बोकेर गइरहेको डुङ्गा ओबोक सहरको उत्तरतर्फ दुर्घटनाग्रस्त भई पल्टिएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार युक्रेनले नयाँ राष्ट्रपति चुन्नुपर्ने बताएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न शान्ति सम्झौता गर्न चाहे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताको अवसर गुमाइरहेको आरोप लगाए । ट्रम्पले शुक्रबार अमेरिकाले अब रुसबाट डिजेल खरिद गर्ने बताएलगत्तै उनको यो भनाइ आएको हो। जेलेन्स्कीले यस निर्णयको विरोध गरेका छन्। ...
। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले दशैंको अवसरमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गर्दै नेपालमा आएको बाढीबाट प्रभावित नेपालीहरूप्रति ऐक्यबद्धता जनाएका छन्। अक्टोबर २०२६ मा जारी गरेको दशैं विशेष शुभकामना सन्देशमा प्रधानमन्त्री अल्बानिजीले नेपाली समुदायलाई परिवार, साथीभाइ र समुदायसँग मिलेर दसैं मनाउन शुभकामना दिएका छन्। यस वर्षको दशैं नेपाल तथा विश्वभरका नेपाली समुदायका लागि गहिरो दुःख र ...