मुख्य समाचार
अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने
अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने

। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ।

ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ ।


बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा समावेश नगरिएको भन्दै त्यसलाई पनि समावेश गर्ने स्पष्ट पारेको हो ।

यसअघि चीनले पनि अमेरिकाबाट आयात हुने सामानहरूमा ८४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको थियो।


बुधबार ट्रम्पले आफ्नो विस्तृत भन्सार शुल्क योजनामा परिवर्तन ल्याउँदै चीन बाहेक सबै उच्च दरमा भन्सार शुल्क लगाइएका देशहरूमा ९० दिनसम्म भन्सार शुल्क स्थगन गर्ने निर्णय गरेका थिए । तर ती सबै देशहरूमा १० प्रतिशतको आधारभूत भन्सार शुल्क भने लागू नै हुनेछ।

चीनमाथि १४५ प्रतिशत भन्सार शुल्क लगाउनुको सरल अर्थ हो– चीनमा उत्पादित १०० डलरको सामान अब अमेरिका पुग्दा २४५ डलर पर्नेछ। जसका कारण अमेरिकामा चिनियाँ सामान महँगो हुने र त्यसको बिक्री घट्ने सम्भावना छ। यता चीनले पनि अमेरिकामाथि जवाफी ८४ प्रतिशत भन्सार शुल्क लगाएको छ।

चीनको प्रतिक्रिया: झुक्दैनौं, अन्तिमसम्म लड्नेछौं

भन्सार शुल्क युद्ध चर्किंदै जाँदा चीनले विहीबार प्रतिक्रिया दिँदै अमेरिका सामु ‘जबरजस्ती’ झुक्ने होइन, अन्तिमसम्म लड्ने बाटो रोज्ने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनिन्, ‘चीन उक्साहटबाट डराउँदैन, हामी पछि हट्दैनौं।’

अमेरिकी भन्सार शुल्क विवादसँगै सेयर बजार र कच्चा तेलको मूल्यमा गिरावट आएको छ ।
माओ निङले सामाजिक सञ्जालमा थुप्रै पोस्टहरू सेयर गरेकी थिइन् । तिनमध्ये एउटा पोस्टमा पूर्व चिनियाँ नेता माओत्से तुङको सन् १९५३ को भिडियो पनि थियो, जहाँ उनले भनेका थिए, ‘हामी चिनियाँ हौं। हामी उक्साहटबाट डराउँदैनौं। हामी कहिल्यै पछि हट्दैनौं।’

यो भिडियो कोरियाली युद्धको समयको हो, जब अमेरिका र चीन अप्रत्यक्ष रूपमा आमनेसामने थिए।

भिडियोमा माओले भनेका छन्, ‘यो युद्ध कति लामो चल्छ भन्ने कुरा हामीले तय गर्न सक्दैनौं। त्यो राष्ट्रपति ट्रुम्यान, आइजनहावर वा नयाँ राष्ट्रपति कुन हुन्छ भन्नेमा भर पर्छ। चाहे यो युद्ध जतिसुकै लामो किन नहोस्, हामी कहिल्यै झुक्दैनौं। हामी पूर्ण विजय नहुन्जेल लडिरहनेछौं।’

माओ निङले अर्को पोस्टमा एउटा चित्र सेयर गरेकी थिइन्, जसमा मूल्य महँगो भए पनि अमेरिकीहरूले चिनियाँ सामान नै किनिरहेका देखाइएको थियो ।

अमेरिकी सेयर बजारमा गिरावट

अमेरिकी भन्सार शुल्क विवादसँगै सेयर बजारमा गिरावट आएको छ । अमेरिकी सरकारी बन्ड बजारमा पुनः बिक्री सुरु भएको छ। शेयर बजारको नास्ड्याक कम्पोजिट इन्डेक्समा करिब ७ प्रतिशतको गिरावट आएको छ। एप्पल, एनभिडिया लगायतका थुप्रै कम्पनीका सेयरहरू पनि घटेका छन्।

तेलको मूल्यमा पनि गिरावट देखिएको छ । करिब ४ प्रतिशतको गिरावट आउँदा कच्चा तेलको मूल्य ६३ डलर प्रति ब्यारेलभन्दा तल झरेको छ।

ट्रम्पले पहिलोपटक फेब्रुअरी १ मा चिनियाँ सामानमा १० प्रतिशत भन्सार शुल्क लगाएका थिए, जुन मार्च ३ मा २० प्रतिशत, अप्रिल २ मा ५४ प्रतिशत र अप्रिल ९ मा १०४ प्रतिशत पुर्‍याइएको थियो। अन्ततः अप्रिल १० मा यसलाई बढाएर १४५ प्रतिशत बनाइएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सन् २०२६ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली वैज्ञानिक हेनरी बी. कागन र जापानी वैज्ञानिक केन्सो सोआईलाई प्रदान गरिने भएको छ ।असिमेट्रिक अर्गानिक सिन्थेसिस' मा 'नन-लिनियर इफेक्ट्स' र 'अटोक्याटालिसिस' सम्बन्धी महत्त्वपूर्ण खोज गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो। स्टकहोमस्थित 'रोयल स्विडिस एकेडेमी अफ साइन्सेज' ले बुधबार विजेताहरूको नाम सार्वजनिक गरेको हो। रसायनशास्त्र नोबेल ...
इरानका राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकी–इजरायली युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् । फार्स समाचार संस्थाका अनुसार पेजेस्कियनले सो फोनवार्ताका क्रममा अमेरिकासँगको शान्ति सम्झौता सम्भव रहेको पनि बताएका छन् । ‘यो क्षेत्रमा दीर्घकालीन शान्ति र सुरक्षा सुनिश्चित गर्ने सन्तुलित र निष्पक्ष सम्झौतामा पुग्न इरान पूर्ण रूपमा तयार छ,’ फोनवार्ताका क्रममा पेजेस्कियानले भने, ‘हाम्रो रेडलाइन इरानी जनताको ...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेस्कियन बीच फोनवार्ता भएको छ । वार्ताका क्रममा रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको इरानी राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार पेजेस्कियनले पुटिनलाई जन्मदिनको शुभकामना समेत दिएका थिए । कुराकानीका क्रममा पुटिनले वृहत रणनीतिक साझेदारी सन्धिअन्तर्गत तेहरान र मस्कोबीचको सहकार्य क्षेत्रमा भइरहेका वर्तमान घटनाक्रम ...
: साउदी अरबले दक्ष विदेशी कामदारहरूलाई उनीहरूको कार्य भिसा (Work Visa) को प्रक्रिया चलिरहेकै समयमा परिवारका योग्य सदस्यहरूलाई साउदी भित्र्याउन अनुमति दिने नयाँ नियम लागू गरेको छ। गृह मन्त्रालयले मंगबार एक घोषणा जारी गर्दै यसबारे जानकारी गराएको हो। वैदेशिक मामिला मन्त्रालय तथा मानव संसाधन र सामाजिक विकास मन्त्रालयको समन्वयमा लिइएको यो निर्णयको मुख्य उद्देश्य साउदीमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले विश्वलाई पूर्ण विनाश हुनबाट जोगाएको भन्दै उनले याे पुरस्कारको हकदार आफू रहेको बताएका हुन् । पत्रकारहरूसँगकाे कुराकानीमा उनले भने, 'कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका थिएनन्। मैले आठ वटा युद्ध अन्त्य गराएको छु र सम्भवतः विश्वलाई ...