मुख्य समाचार
चीनले आफ्नो देशमाअमेरिकी फिल्मको संख्या घटाउने
चीनले आफ्नो देशमाअमेरिकी फिल्मको संख्या घटाउने

। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो ।

‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना फिल्म एडमिनिस्ट्रेशनले एक विज्ञप्तिमा भनेको छ, ‘हामी बजार नियमहरू पालना गर्नेछौं, दर्शकको रोजाइको सम्मान गर्नेछौं र आयात गरिएका अमेरिकी फिल्महरूको संख्यालाई घटाउनेछौं ।’




कुनै समय अमेरिकी फिल्मको लागि सबैभन्दा ठूलो विदेशी बजार रहेको चीनमा हलिउड फिल्महरूले हालैका वर्षहरूमा उल्लेखनीय प्रगति गर्न संघर्ष गर्नु परेको छ । एमपीएका अनुसार चीनले हाल प्रतिवर्ष ३४ वटा विदेशी राजस्व बाँडफाँड गर्ने फिल्मको आधिकारिक कोटा कायम राखेको छ ।

चाइना फिल्म एडमिनिस्ट्रेसनले एक फिल्म आयातकर्ता र विदेशी फिल्मका दुई वितरकलाई अनुमति दिँदै आएको छ, जुन दुवै राज्य-स्वामित्वमा रहेका कम्पनी चाइना फिल्म ग्रुप र हुआसिया फिल्म डिस्ट्रिब्युसन कम्पनी हुन् ।




बेइजिङ अनिश्चित प्रकारको प्रतिक्रिया प्राप्त गरेपछि हलिउड फिल्मका स्टुडियोले रिलिज र प्रवर्धनको लागि हुने प्रयासका कार्यमा कटौती गरिरहेका छन् । चिनियाँ फिल्म पनि स्थानीय दर्शकमाझ बढ्दो रूपमा लोकप्रिय साबित भएका छन् ।

गत हप्ता वार्नर ब्रदर्स र लेजेन्डरी पिक्चर्सद्वारा निर्मित ‘माइनक्राफ्ट मुभी’ले चीनमा १४.७ मिलियन डलर बक्स अफिसको साथ चार्टको शीर्ष स्थानमा कमाइ गर्‍यो ।

‘फिडिङ द ड्रयागन : इनसाइड द ट्रिलियन डलर डिलेमा फेसिङ हलिउड, एनबीए, एण्ड अमेरिकन बिजनेस’का लेखक क्रिस फेन्टनले यो कदम ‘चीनको लागि लगभग शून्य नकारात्मक नतिजाबिना अमेरिकालाई जवाफी बयान दिने एक हाई-प्रोफाइल तरिका’ भएको बताए ।

सन् १९९४ बाट चीनले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त राजस्व-बाँडफाँड वितरण मोडेलमार्फत प्रत्येक वर्ष १० वटा अमेरिकी चलचित्र आयात गर्न सुरु गरेको थियो ।

चीनको सर्वकालीन बक्स अफिस सूचीमा, केवल एउटा आयातित फिल्म शीर्ष २० मा पर्दछ । जसमा हलिउडको ‘एभेन्जर्स एन्डगेम’ छ जसको आम्दानी ५७९.८३ मिलियन डलर छ । शीर्ष २० मा रहेका बाँकी फिल्महरू सबै घरेलु निर्माण हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ट्रम्प प्रशासनले मंगलबार अमेरिकामा ह्युमनोइड रोबोटको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी रोबोटले देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम पैदा गर्न सक्ने प्रशासनले बताएको छ। यो जोखिम स्वीकार गर्न नसकिने प्रशासनको भनाइ छ। यो प्रतिबन्ध उन्नत रोबोटहरूमा लागु हुनेछ। यसमा ह्युमनोइड र चार खुट्टा भएका रोबोटहरू समावेश छन्। यीमध्ये धेरैजसो रोबोट चीनमा बन्छन्। चीन र अमेरिका ...
रूसी परराष्ट्र मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ रोडियोन मिरोस्निकले युक्रेनी राष्ट्रपति भ्लोलोडिमिर जेलेन्स्कीले युरोपबाट पैसा माग्न हरेक सम्भव उपाय अपनाएको दाबी गरेका छन् । इरानबाट युक्रेनलाई खतरा रहेको भन्ने जेलेन्स्कीको बयान पनि आर्थिक सहायता माग्ने उद्देश्यले नै आएको उनले बताए। टास समाचार संस्थालाई दिएको अन्तर्वार्तामा मिरोस्निकले भने, ‘जेलेन्स्कीले वर्तमान स्थितिमा यो सबै पीआरका लागि प्रयोग गरिरहेका छन्। तर ...
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...