मुख्य समाचार
मोहम्मद सलाहले लिभरपुलसँगको सम्झौता नवीकरण
मोहम्मद सलाहले लिभरपुलसँगको सम्झौता नवीकरण

: इजिप्टका स्टार फर्वाह मोहम्मद सलाहले लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन्। उनले लिभरपुलसँग २ वर्षको सम्झौता नवीकरण गरेका हुन्। उनको पछिल्लो सम्झौता समरमा सकिएपश्चात उनी लिभरपुलमा बस्ने नबस्ने कुराले निकै चर्चा कमाएको थियो। उनी साउदी अरब जाने हल्लाबीच उनले लिभरपुलसँगको सम्झौता नवीकरण गरेका हुन्।


३२ वर्षीय सलाहले लिभरपुलका लागि ३९४ खेल खेल्दै २४३ गोल र १०९ असिस्ट गरेका छन्। उनले लिभरपुलसँगको सम्झौता नवीकरण गरिसकेपछि पत्रकारसँग बोल्दै भने, ‘म निकै उत्साहित छु। हामीसँग एक उत्कृष्ट टिम रहेको छ। पहिला पनि उत्कृष्ट टिम रहेको थियो। मैले यहाँ सम्झौता नवीकरण गर्नुको कारण हामी अझै पनि उपाधि जित्न सक्छौं भन्ने लागेर हो। म यहाँ मेरो फुटबल करिअरको मजा लिइरहेको छु। मैले यहाँ ८ वर्ष खेलें। आशा छ, अब १० वर्ष हुनेछ।’


उनले लिभरपुलमा रहेर आफूले फुटबलको करिअरको उत्कृष्ट समय बिताइरहेको बताएका छन्। उनले यो सिजन लिभरपुलका लागि ३२ गोल गरेका छन्। जसमा २७ प्रिमियर लिगमा गरेका छन्। लिभरपुल हाल प्रिमियर लिगको २० औं उपाधिको दौडमा रहेको छ।


२०१७ मा लिभरपुलमा आबद्ध भएका सलाहले यो टिमसँग रहेर च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप र फिफा क्लब विश्वकप जितेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...
: नेपाली क्रिकेटका लागि ओमानमा हुने आइसीसी विश्वकप लिग-२ का चार खेल अंक तालिकामा स्थान सुधार्ने अवसर मात्र होइनन्, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने महत्वपूर्ण परीक्षा पनि हो। शीर्षमा ४ रहेर विश्वकप छनोटमा सिधै पुग्ने नेपालको सम्भावना सकिएको छ। यस्तो अवस्थामा अन्तिम शृंखलामा अधिकतम जित निकाल्दै एकदिवसीय मान्यता जोगाउनु नेपालको मुख्य लक्ष्य हो। नेपाल, ओमान र ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा उनीहरूलाई प्रतिवादी बनाएको हो । मुद्दा दायर गरिएकामा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र ...