: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता भएको बताएका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता भएको बताएका हुन्।
'प्रधानमन्त्री ओलीले भने,'विश्व सुरक्षा परिवेश गतिशील, बहुआयामिक र चुनौतीपूर्ण भएको बेला नेपालको राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता हो।'
प्रधानमन्त्री ओलीले नेपाली सेनाको विभिन्न सिसमको अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान र कवाज प्रदर्शनको निरीक्षण गरेका थिए। प्रधानमन्त्रीले उत्कृष्ट पदिक र अधिकृतलाई पुरस्कारस्वरुप खुकुरी प्रदान गरेका थिए। प्रधानमन्त्री ओलीले राष्ट्रिय सुरक्षाका साथै विपद जोखिम न्यूनीकरण र शान्तिसेनाका माध्यमबाट सेनाले दिएको योगदानको सह्राना गरे।