मुख्य समाचार
लुम्बिनी र पशुपति क्षेत्र विकास कोषजस्ता सालबसाली प्रकृतिका आयोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजना सूचिबाट हटाउन सुझाव
लुम्बिनी र पशुपति क्षेत्र विकास कोषजस्ता सालबसाली प्रकृतिका आयोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजना सूचिबाट हटाउन सुझाव

— पूर्व अर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले लुम्बिनी र पशुपति क्षेत्र विकास कोषजस्ता सालबसाली प्रकृतिका आयोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजना सूचिबाट हटाउन सुझाव दिएको छ ।


सञ्चालनमा रहेका राष्ट्रिय गौरवका र बहुवर्षीय आयोजनाहरुको कार्यान्वयन, यसको दायित्व र निर्माण व्यवसायीको भुक्तानी फरफारक गरी वित्तिय स्रोत उपलब्ध भएमा मात्र नयाँ आयोजनाहरु छनोट गर्ने नीति अबलम्बन गर्नुपर्ने आयोगको सुझाव रहेको छ ।


‘लामो समय पनि सम्पन्न हुन नसकेका राष्ट्रिय गौरवका आयोजनाहरुको प्राथमिकीकरण गरी यस्ता आयोजनाहरु ५ वर्षभित्र सम्पन्न गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘मध्यम अवधि (१ देखि ३ वर्ष) भित्र सकिने र प्रतिफल दिने आयोजनाहरुलाई प्राथमिकतामा राख्नु पर्छ ।’ ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेका आयोजनाहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव प्रतिवेदनमा भनिएको छ ।

‘भौति पूर्वाधार निर्माणसँग सम्बन्धीत आयोजनाहरुको प्रगति मासिक रुपमा अनुगमन गरी कार्य सम्पादनको आधारमा अनिवार्य बील गरी १५ दिन भित्र भुक्तानी दिने व्यवस्था गर्नु पर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो व्यवस्थाले अहिले भइरहेको पुँजीगत बजेटको अधिकांश हिस्सा अन्तिम महिनामा खर्च गर्ने प्रवृत्तिमा यसले परिवर्तन ल्याउन सहयोग पुग्ने छ ।’ कार्यान्वयनमा रहेका तर उचित प्रतिफल नदिने र उपयोगिता नभएका आयोजनाहरुको कार्यान्वयन बन्द गर्नुपर्ने आयोगले सुझाव दिएको छ ।

‘उत्पादन र बजारीकरणलाई सहयोग गरी कुल गार्हस्थ्य उत्पादन बढाउन सहयोग पुग्नेगरी मात्र नयाँ आयोजनाहरु छनोट गरिनु पर्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘निर्माण भइसकेका भौतिक पूर्वाधारहरुलाई उत्पादन बढाउन उपयोग गर्नेगरी रणनीति बनाउनुपर्छ ।’

तयारीका लागि पर्याप्त समय दिइ भएका आयोजनाहरु मात्र बजेटमा समावेश गरी कार्यान्वयनमा जाने व्यवस्था गर्न समितिले प्रतिवेदनमार्फत सुझाव दिएको छ । पूर्वाधार निर्माणसँग सम्बन्धित मन्त्रालयहरुले आयोजना तयारीका लागि आयोजना विकास इकाइको व्यवस्था गर्नुपर्ने आयोगको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा केही भएन भनेर गलत भाष्यको भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्त्री दाहालले गफभन्दा तथ्यले भ्रम चिर्नुपर्ने बताए । नेपालमा पूर्वाधार निर्माण तीव्र भइरहेको उल्लेख गर्दै उनले २ दशक अघिसम्म पनि देशको ...