मुख्य समाचार
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको पहिलो वर्ष नीतिगत सुधारमा विते
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको पहिलो वर्ष नीतिगत सुधारमा विते

: कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको पहिलो वर्ष नीतिगत सुधारमा वितेको छ । कँडेलले सरकारको नेतृत्व सम्हालेको एकवर्ष पूरा भएको छ । अघिल्लो वर्ष चैत २७ गते कँडेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एक वर्षको यो अवधिमा मुख्यमन्त्री कँडेलले नीतिगत सुधारलाई प्राथमिकता दिएका हुन् ।


मुख्यमन्त्रीको शपथ लिएसँगै कँडेलले कर्णालीमा सुशासन र जवाफदेहीता कायम गर्न नीतिगत सुधारको प्रयास गरेका हुन् । यसअघि आर्थिक वर्षको अन्त्यतिर मनलाग्दी हुने गरेको रकमान्तरलाई उनले रोकेका छन् । यस्तै पहुँचको आधारमा हुँदै आएको बजेट वितरणलाई समेत कँडेलले रोकेका छन् । संसदबाट पारित भएको विनियोजन विधेयकको आधारमा मात्र बजेट वितरण गर्ने अडान लिएर मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको बजेट वितरणलाई पारदर्शी बनाउने प्रयास यो अवधिमा गरेका हुन् ।


कांग्रेससँगको सहकार्यमा सरकार सञ्चा‍लन गरिरहेका एमाले नेता कँडेलले आर्थिक पारदर्शीता कायम गर्नका लागि उपभोक्ता समितिबाट हुने अनियमिततालाई पनि रोक्ने प्रयास गरेका छन् । यही अवधिमा मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद्बाट आयोजना छनौट कार्यविधि नै पारित गराए । यो कार्यविधि निर्माण भएसँगै प्रदेश सरकारले सञ्चालन गर्ने आयोजनाहरू पहुँचको आधारमा मात्र छनौट हुने प्रवृत्ति अन्त्य भएको छ । यही कार्यविधि अनुसार अब आवश्यकताको आधारमा स्थानीय तहले नै प्रदेश सरकारसँग योजना माग गर्न थालेका छन् । मुख्यमन्त्री कँडेल भन्छन्,‘विगतमा पहुँचको आधारमा मात्र योजनाहरू छनौट हुन्थे। यसले योजना छनौटमा वेथिति बढेको थियो । तर, कार्यविधि बनेपछि पहुँचको आधारमा नभई सिस्टममार्फत् आयोजनाहरू छनौट हुन थालेका छन्,यसले योजना पार्ने र बजेट खाने प्रवृत्ति रोकिएर पारदर्शीता कायम भएको छ ।’


यस्तै मुख्यमन्त्री कँडेलले यो अवधिमा स्रोतको सुनिश्चिताविना डीपीआरको नाममा हुँदै आएको खर्चलाई पनि रोकेका छन् । अब प्रदेशमा सञ्चालन हुने कुनैपनि आयोजनाको स्रोत सुनिश्चित भएमा मात्र त्यसको डीपीआरको प्रक्रिया अगाडि बढ्नेछ । आफूले एक वर्षको अवधिमा गरेको प्रगति विवरण बिहीबार सार्वजनिक गर्दै मुख्यमन्त्री कँडेलले भने,‘बजेट भएर मात्र हुँदैन,त्यसको सही सदुपयोग हुनुपर्छ । प्रदेशमा आर्थिक मितव्ययीता कायम गर्न मनलाग्दी हुँदै आएको कोटेसन वितरण पनि हामीले बन्द गरेका छौं,मन्त्रीको जिल्ला भ्रमणमा पनि कडाइ गरिएको छ ।’

मुख्यमन्त्री कँडेलले आयोजनाको टेण्डरमा हुने ढिलाइमा पनि सुधार गरेका छन् । विगतमा आर्थिक वर्ष सकिनै लाग्दा हतारमा आयोजनाहरू टेण्डर प्रक्रियामा जान्थे । यसले आयोजना अलपत्र पर्ने र बजेट खर्च नहुने समस्या थियो । तर मुख्यमन्त्री कँडेलले ढिलोमा मंसिरभित्र आयोजनाको टेण्डर प्रक्रिया सकेर बजेट खर्चमा सुधार ल्याउने प्रयास गरेका छन् ।

कानुन निर्माणमा केन्द्रीत

मुख्यमन्त्री यामलाल कँडेलले यो अवधिमा कानुन निर्माणलाई पनि प्राथमिकता दिए । मुख्यमन्त्रीको शपथ लिएसँगै उनले प्रदेशमा बन्न नसकेका कानुनहरु निर्माणमा आफूलाई केन्द्रीत गरे । यही एक वर्षको अवधिमा महत्वपूर्ण कानुन निर्माण भएको उनको भनाइ छ । यो अवधिमा प्रदेश प्रहरी, प्रदेश निजामति सेवा, स्थानीय सेवा, प्रदेश सवारी तथा यातायात,दलित शसक्तिकरण, वित्तिय उत्तरदायी, विद्युत र विषादी तथा बीउवीजन सम्बन्धि कानुन निर्माण भएका छन् ।

‘नेतृत्वले मात्र विकास गर्न सम्भव हुँदैन,यसका लागि आवश्यक कानुन र नीति आवश्यक पर्दछन्’ मुख्यमन्त्री कँडेल भन्छन्,‘हामीले एक वर्षको अवधिमा महत्वपूर्ण नीति र कानुन बनाएका छौं,यसले सरकारलाई काम गर्न थप सहज हुनेछ ।’

यो अवधिमा आफूले तीन तहका सरकारबीचको समन्वयमा पहल गरेको मुख्यमन्त्री कँडेल बताउँछन् । यस्तै प्रदेशमा राजश्व संकलनलाई प्रभावकारी बनाउन यही अवधिमा राजश्व ईकाइ स्थापना भएको छ । नीतिगत सुधारअन्तर्गत प्रदेशको दोस्रो पञ्चवर्षीय योजना पनि पारित भइसकेको मुख्यमन्त्री कँडेल बताउँछन् ।

९५ किलोमिटर सडक कालोपत्रे

कर्णालीमा एक वर्षको अवधिमा ९५ किलोमिटर सडक कालोपत्रे भएको छ । मुख्यमन्त्री कँडेलले सरकारको नेतृत्व सम्हालेको एक वर्षको अवधिमा प्रदेशभर ९५ किलोमिटर सडक कालोपत्रे भएको बताए । यस्तै यही अवधिमा २०५ किलोमिटर सडक ग्राभेल भएको छ । यही अवधिमा प्रदेशभर २३ वटा पक्की पुल निर्माण भएको प्रदेश सरकारले जनाएको छ ।

यस्तै एक वर्षको अवधिमै प्रदेशभर ४२ वटा झोलुंगे पुल,८ वटा सार्वजनिक भवन,जनता आवासतर्फ २३१ वटा घर र भूकम्प प्रभावित जिल्लामा विद्यालय तथा स्वास्थ्य संस्थाका भवन निर्माण भएको प्रदेश सरकारको भनाइ छ । विगतमा अलपत्र परेको वीरेन्द्रनगरको मंगलगढी–लाटीकोइली सडक यसैवर्ष निर्माण पूरा भएको छ ।

बालुवासंग्रही खलंगा सडक,सल्लीबजार चौरजहारी सडक, बड्डीचौर खम्बागाडे जोड्ने सडकलगायत विगतमा अलपत्र परेका ७० प्रतिशतभन्दा बढी आयोजनाको काम सुचारु गरिएको मुख्यमन्त्री कँडेलले बताए । संघीय सरकारसँग समन्वय गरेर कर्णालीका ठूला आयोजनाहरू भेरि करिडोर र कर्णाली करिडोरमा ८ अर्बभन्दा बढी रकमको स्रोत सुनिश्चितता गर्नसमेत आफू सफल भएको मुख्यमन्त्री कँडेलले दावी गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा केही भएन भनेर गलत भाष्यको भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्त्री दाहालले गफभन्दा तथ्यले भ्रम चिर्नुपर्ने बताए । नेपालमा पूर्वाधार निर्माण तीव्र भइरहेको उल्लेख गर्दै उनले २ दशक अघिसम्म पनि देशको ...