: फरार रहेका दुईजना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको वलवा नगरपालिका-१ का ६६ वर्षीय चन्देश्वर प्रसाद साह र सोहीस्थानका ५६ वर्षीय लक्ष्मेश्वर प्रसाद साह रहेका छन्। जनही २५ हजारका दरले अदालतबाट सजाय पाई फरार रहेको दुई जना प्रतिवादीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई कुटपिट मुद्दामा जिल्ला अदालत महोत्तरीले जनही २५ हजारका दरले सजाय सुनाएको थियो। सो सजाय पाएलगतै उनीहरू फरार रहेकोले खोजतलासका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जनालाई महोत्तरी जिल्ला अदालतमा पेस गरिएको डीएसपी सन्तुलाल प्रसाद जैसवारले बताए।