: डोटीमा खोलामा डुबेर युवक बेपत्ता भएका छन्। शिखर नगरपालिका-४ बनोलीका गणेश महराका १९ वर्षीय छोरा नरेश महरा खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सोही पालिकाको वडा नम्बर ५ र ७ मा विवाहको कार्ड वितरण गरी फर्कने क्रममा वडा नम्बर ५ र ७ को सिमानामा पर्ने ठुलिगाड (खोला)मा नुहाउने क्रममा बेपत्ता भएका हुन्।
स्थानीय र प्रहरीबाट खोजी कार्य भइरहेको र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेका बताइएको छ। गहिरो ताल भएका कारण खोजीमा केही कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।