मुख्य समाचार
कोलकाताको तेस्रो जित, चेन्नईको लगातार पाँचौं हार
कोलकाताको तेस्रो जित, चेन्नईको लगातार पाँचौं हार

। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकाल्दा चेन्नई सुपर किङ्सले लगातार पाँचौं हार बेहोरेको छ ।

शुक्रबार चेन्नईमाथि ८ विकेटको सहज जित दर्ता गर्दै कोलकाताले ६ खेलमा तेस्रो जित निकालेको हो । चेन्नईले दिएको १०४ रनको सामान्य लक्ष्य कोलकाताले १०.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।




कोलकाताका लागि सुनिल नरायनले सर्वाधिक ४४ रन बनाए । क्विन्टन डिककले २३ रन बनाए । अजिन्क्या रहाने २० तथा रिंकु सिंह १५ रनमा अविजित रहे । चेन्नईका अन्शुल कमबोज र नूर अहमदले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १०३ रन बनाएको थियो । शिवम दुबेले सर्वाधिक अविजित ३१ रन बनाए । विजय शंकरले २९ तथा राहुल त्रिपाठीले १६ रन बनाए ।


कोलकाताका लागि सुनिल नरायनले ४ ओभरमा १३ रन मात्र दिएर ३ विकेट लिए । हर्शित राना र वरुण चक्रवर्तीले २-२ तथा वैभव अरोरा र मोइन अलीले १-१ विकेट लिए ।

यस जितपछि ६ खेलमा ६ अंक भएको कोलकाता अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने ६ खेलमा २ अंक मात्र भएको चेन्नई नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...
: नेपाली क्रिकेटका लागि ओमानमा हुने आइसीसी विश्वकप लिग-२ का चार खेल अंक तालिकामा स्थान सुधार्ने अवसर मात्र होइनन्, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने महत्वपूर्ण परीक्षा पनि हो। शीर्षमा ४ रहेर विश्वकप छनोटमा सिधै पुग्ने नेपालको सम्भावना सकिएको छ। यस्तो अवस्थामा अन्तिम शृंखलामा अधिकतम जित निकाल्दै एकदिवसीय मान्यता जोगाउनु नेपालको मुख्य लक्ष्य हो। नेपाल, ओमान र ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा उनीहरूलाई प्रतिवादी बनाएको हो । मुद्दा दायर गरिएकामा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र ...