मुख्य समाचार
अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा
अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा

। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ ।

‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको नेतृत्व ‘द फल गाई’, ‘बुलेट ट्रेन’, ‘डेडपुल २’जस्ता प्रसिद्ध हलिउड फिल्मका निर्देशक डेभिड लिचले गरेका थिए ।

फिल्म निर्देशनअघि लिचले स्टन्ट पर्फमरको रुपमा कार्य गरेका थिए । अस्करको निर्देशक समितिले नयाँ विधा थप्ने औपचारिक निर्णय गरेको छ ।

‘सिनेमाको सुरुवाती दिनदेखि नै स्टन्ट डिजाइन फिल्म निर्माणको अभिन्न अंग भएको छ’ एकेडेमीका सीईओ बिल क्रेमर र एकेडेमीका अध्यक्ष जेनेट याङले भने, ‘हामी यी प्राविधिक र रचनात्मक कलाकारहरूको नवीन कार्यलाई सम्मान गर्न पाउँदा गर्व गर्छौं, र यो महत्वपूर्ण अवसरमा पुग्न उनीहरूको प्रतिबद्धता र समर्पणको लागि हामी उनीहरूलाई बधाई दिन्छौं ।’


एक विज्ञप्तिमा, लेइचले भने, ‘स्टन्टहरू फिल्मको हरेक विधाको लागि आवश्यक छन् । हाम्रो उद्योगको इतिहासमा गहिरो जरा गाडेका छन् । बस्टर किटन, हेरोल्ड लोयड र चार्ली च्याप्लिन जस्ता प्रारम्भिक नेतृत्वकर्ताको अभूतपूर्व कामदेखि लिएर आजका स्टन्ट डिजाइनरहरू, संयोजकहरू, कलाकारहरू र कोरियोग्राफरहरूको प्रेरणादायी कलात्मकतासम्म ।’

यो नयाँ श्रेणीको घोषणा गर्दै अस्करले आफ्नो इन्स्टाग्राममा तीन फिल्मका स्टन्ट दृश्यहरूको तस्वीर सेयर गरेको छ जसमा एसएस राजामौलीको ‘आरआरआर’ को स्टन्ट दृश्यको तस्वीर पनि समावेश छ ।

‘आरआरआर’को दृश्यमा अभिनेता राम चरण बाघसँग लड्दै हाम फालिरहेका छन् । सअघि यो फिल्मको गीत ’नातु नातु’ गीतले २०२३ को अस्करमा सर्वश्रेष्ठ मौलिक गीतको पुरस्कार पाएको थियो । अन्य दुई दृश्य पनि समावेश गरिएको छ । जसमा मिशेल योह अभिनित सन् २०२२ को ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वान’को एक दृश्य छ ।

तेस्रो तस्वीर टम क्रूजको सन् २०११ को फिल्म ’मिसन इम्पोसिबल- घोस्ट प्रोटोकल’ बाट लिइएको हो, जसमा टम क्रुजको इथान हन्ट दुबईको बुर्ज खलिफा चढेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालका हिमाली नदीहरूमा आधारित साहसिक पर्यटनलाई विश्व बजारमा थप प्रवर्द्धन गर्ने लक्ष्यसहित त्रिशूलीमा मंगलबारदेखि अन्तर्राष्ट्रिय राफ्टिङ तथा कायकिङ महोत्सव सुरु भएको छ। नदी, साहस र पर्यटनको संगम बनेको २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवले नेपालका नदीहरूलाई साहसिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेपाल ...
। बलिउड अभिनेता शाहरुख खान पहिलोपटक ‘हुरुन ग्लोबल रिच लिस्ट २०२६’ मा समावेश भएका छन् । विश्वभरका अमेरिकी डलर अर्बपतिको सूचीमा उनलाई समेटिएको हो । विवरणअनुसार, खानको कुल सम्पत्ति करिब १.३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । यो सूची मार्च ५ मा सार्वजनिक गरिएको हो र सम्पत्तिको गणना भने जनवरी १५ सम्मको तथ्यांकका आधारमा गरिएको ...
— चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलको ७९ औं संस्करणमा सहभागिता जनाउने भएको छ । पर्यटन बोर्डसँगको सहकार्यमा फेस्टिभलमा नेपालको एक स्टल (बुथ) पनि राखिने बोर्डले जानकारी दिएको हो । नेपालको चलचित्र क्षेत्रको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य तथा नेपाली चलचित्र र चलचित्रकर्मीहरूलाई विश्वस्तरमा पहुँच दिलाउने उद्देश्यका साथ बोर्डले नेपालको तर्फबाट औपचारिक सहभागिता जनाउन लागेको बोर्ड अध्यक्ष ...
। लामो समयदेखि योगदान पुर्‍याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ । बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो । बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष ...
। अन्तर्राष्ट्रिय फिल्म ‘द ब्लफ’ मा शीर्ष भूमिकामा देखिएकी अभिनेत्री प्रियंका चोपडालाई यस वर्षको अस्कर समारोहमा प्रस्तोता (प्रेजेन्टर) का रूपमा घोषणा गरिएको छ । यो सम्मान पाएकोमा खुशी व्यक्त गर्दै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रशंसक र अनुयायीसँग खबर साझा गरेकी छन् । पोस्टमा छोटकरीमा ‘२०२६ एकेडेमी अवार्ड्स’ भनेर क्याप्सन लेखेकी छन् । खबर सार्वजनिक भएपछि उनका प्रशंसक, ...