मुख्य समाचार
अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा
अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा

। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ ।

‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको नेतृत्व ‘द फल गाई’, ‘बुलेट ट्रेन’, ‘डेडपुल २’जस्ता प्रसिद्ध हलिउड फिल्मका निर्देशक डेभिड लिचले गरेका थिए ।

फिल्म निर्देशनअघि लिचले स्टन्ट पर्फमरको रुपमा कार्य गरेका थिए । अस्करको निर्देशक समितिले नयाँ विधा थप्ने औपचारिक निर्णय गरेको छ ।

‘सिनेमाको सुरुवाती दिनदेखि नै स्टन्ट डिजाइन फिल्म निर्माणको अभिन्न अंग भएको छ’ एकेडेमीका सीईओ बिल क्रेमर र एकेडेमीका अध्यक्ष जेनेट याङले भने, ‘हामी यी प्राविधिक र रचनात्मक कलाकारहरूको नवीन कार्यलाई सम्मान गर्न पाउँदा गर्व गर्छौं, र यो महत्वपूर्ण अवसरमा पुग्न उनीहरूको प्रतिबद्धता र समर्पणको लागि हामी उनीहरूलाई बधाई दिन्छौं ।’


एक विज्ञप्तिमा, लेइचले भने, ‘स्टन्टहरू फिल्मको हरेक विधाको लागि आवश्यक छन् । हाम्रो उद्योगको इतिहासमा गहिरो जरा गाडेका छन् । बस्टर किटन, हेरोल्ड लोयड र चार्ली च्याप्लिन जस्ता प्रारम्भिक नेतृत्वकर्ताको अभूतपूर्व कामदेखि लिएर आजका स्टन्ट डिजाइनरहरू, संयोजकहरू, कलाकारहरू र कोरियोग्राफरहरूको प्रेरणादायी कलात्मकतासम्म ।’

यो नयाँ श्रेणीको घोषणा गर्दै अस्करले आफ्नो इन्स्टाग्राममा तीन फिल्मका स्टन्ट दृश्यहरूको तस्वीर सेयर गरेको छ जसमा एसएस राजामौलीको ‘आरआरआर’ को स्टन्ट दृश्यको तस्वीर पनि समावेश छ ।

‘आरआरआर’को दृश्यमा अभिनेता राम चरण बाघसँग लड्दै हाम फालिरहेका छन् । सअघि यो फिल्मको गीत ’नातु नातु’ गीतले २०२३ को अस्करमा सर्वश्रेष्ठ मौलिक गीतको पुरस्कार पाएको थियो । अन्य दुई दृश्य पनि समावेश गरिएको छ । जसमा मिशेल योह अभिनित सन् २०२२ को ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वान’को एक दृश्य छ ।

तेस्रो तस्वीर टम क्रूजको सन् २०११ को फिल्म ’मिसन इम्पोसिबल- घोस्ट प्रोटोकल’ बाट लिइएको हो, जसमा टम क्रुजको इथान हन्ट दुबईको बुर्ज खलिफा चढेको देखाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...