मुख्य समाचार
दशौँ राष्ट्रिय खेलकुद नहुने
दशौँ राष्ट्रिय खेलकुद नहुने

। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ ।

शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद जेठमा नहुने निर्णय सुनाएका हुन् । यो आर्थिक वर्षमा दशौँ नहुने जानकारी गराएको बोर्डका एक सदस्यले जानकारी दिए ।

२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०२८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।

तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा दशा हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो ।


आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पुर्‍याइएको थियो । अब जेठमा पनि नहुने भएपछि दशौँ राष्ट्रिय खेलकुद यो आर्थिक वर्षमा टरेको छ ।

राखेपको उपाध्यक्षको कारण दशौं राष्ट्रिय खेलकुद नहुने अवस्था सिर्जना भएको राखेपका एक बोर्ड सदस्यले बताए । हाल सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेको कोटाबाट राखेपको उपाध्यक्षमा नियुक्त भएका ध्रुव आचार्यसहित ५ बोर्ड सदस्यले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । त्यही भेटपछि दशौं राष्ट्रिय खेल तोकिएको समयमा नहुने अवस्था आएको ती सदस्यले बताए ।

बैठकमा राष्ट्रिय खेलकुद र विभिन्न खेल संघका तदर्थ समिति गठन लगायत एजेन्डामा छलफल भइरहेको छ । बैठक चलिरहेको र सबेले आ-आफ्नो धारणा राखिरहेकोले बैठकको अन्तिम निर्णय भने पछि सार्वजनिक हुने एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...