मुख्य समाचार
दशौँ राष्ट्रिय खेलकुद नहुने
दशौँ राष्ट्रिय खेलकुद नहुने

। आगामी वर्ष जेठमा कर्णाली प्रदेशमा तय भएको दशौँ राष्ट्रिय खेलकुद नहुने भएको छ । दोस्रो पटक मिति सार्दै २०८२ साल जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दशौँ राष्ट्रिय खेलकुद हुने तय थियो । तर यो आर्थिक वर्षमा अब दशौँ नहुने पक्का भएको छ ।

शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा जारी राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद जेठमा नहुने निर्णय सुनाएका हुन् । यो आर्थिक वर्षमा दशौँ नहुने जानकारी गराएको बोर्डका एक सदस्यले जानकारी दिए ।

२०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापन अवसर दुई वर्षपछि २०२८१ मंसिरमा दशौँ कर्णाली प्रदेशमा गर्ने गरी झण्डा हस्तानतरण गरिएको थियो ।

तर भौतिक पूर्वाधार र विभिन्न कारण देखाउँदै निर्धारित समयमा दशा हुन सकेन र पहिलो पटक मिति सारेर २०८१ चैतमा गर्ने निर्णय गरिएको थियो ।


आर्थिक कारण देखाउँदै चैतमा पनि गर्न नसकिने भन्दै दोस्रो पटक मिति सारेर २०८२ जेठमा पुर्‍याइएको थियो । अब जेठमा पनि नहुने भएपछि दशौँ राष्ट्रिय खेलकुद यो आर्थिक वर्षमा टरेको छ ।

राखेपको उपाध्यक्षको कारण दशौं राष्ट्रिय खेलकुद नहुने अवस्था सिर्जना भएको राखेपका एक बोर्ड सदस्यले बताए । हाल सरकारको नेतृत्व गरिरहेका नेकपा एमालेको कोटाबाट राखेपको उपाध्यक्षमा नियुक्त भएका ध्रुव आचार्यसहित ५ बोर्ड सदस्यले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । त्यही भेटपछि दशौं राष्ट्रिय खेल तोकिएको समयमा नहुने अवस्था आएको ती सदस्यले बताए ।

बैठकमा राष्ट्रिय खेलकुद र विभिन्न खेल संघका तदर्थ समिति गठन लगायत एजेन्डामा छलफल भइरहेको छ । बैठक चलिरहेको र सबेले आ-आफ्नो धारणा राखिरहेकोले बैठकको अन्तिम निर्णय भने पछि सार्वजनिक हुने एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...
: नेपाली क्रिकेटका लागि ओमानमा हुने आइसीसी विश्वकप लिग-२ का चार खेल अंक तालिकामा स्थान सुधार्ने अवसर मात्र होइनन्, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने महत्वपूर्ण परीक्षा पनि हो। शीर्षमा ४ रहेर विश्वकप छनोटमा सिधै पुग्ने नेपालको सम्भावना सकिएको छ। यस्तो अवस्थामा अन्तिम शृंखलामा अधिकतम जित निकाल्दै एकदिवसीय मान्यता जोगाउनु नेपालको मुख्य लक्ष्य हो। नेपाल, ओमान र ...
। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपाल र बहराइनबीचको अन्तर्राष्ट्रिय खेलमा अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्व मिलेमतो तथा अनियमिता गरेको निष्कर्ष निकालेको छ । सीआईबीले गरेको अनुसन्धानले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यताबाट अयोग्य बनाउन एन्फा नै लागेका निष्कर्ष निकालेको हो । विश्वकप छनोटको यमनसँगको खेलपछि बहराइनसँग खेल हुन करिब ...
। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले एन्फाभित्र भएको भनिएको आर्थिक अनियमितता र नेपाल–बहराइन अन्तर्राष्ट्रिय फुटबल खेलसँग सम्बन्धित प्रकरणमा उनीहरूलाई प्रतिवादी बनाएको हो । मुद्दा दायर गरिएकामा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र ...