मुख्य समाचार
यू-१९ विश्वकप एसिया क्वालिफायर : नेपालले युएइसँग खेल्दै
यू-१९ विश्वकप एसिया क्वालिफायर : नेपालले युएइसँग खेल्दै

: आइसिसी यू-१९ विश्वकप एसिया क्वालिफायर आजदेखि नेपालमा सुरु हुँदैछ। मूलपानीको तल्लो र माथिल्लो दुई मैदानमा खेल सञ्चालन हुनेछ।


आज तल्लो मूलपानीमा नेपालले युएइसँग खेल्नेछ। खेल बिहान ९ बजेबाट सुरु हुनेछ। माथिल्लो मूलपानीमा अफगानिस्तान र ओमानले खेल्नेछन्।


क्वालिफायरमा पाँच टिम नेपाल,हङकङ, अफगानिस्तान, युएइ र ओमानले सहभागिता जनाउनेछन्।


आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकपको लागि एसिया क्षेत्र छनोटका लागि भइरहेको हो। यस प्रतियोगिताको शीर्ष टिमले विश्वकप खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोफसलकै प्रतिष्ठित तथा लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करण यही माघ २४ गतेदेखि हुने भएको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजना हुने विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी धमाधम भइरहेको आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । फागुन ४ गतेसम्म सञ्चालन हुने यस पटकको प्रतियोगिता ...
। साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमै नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल भारतसँग १-० ले पराजित भयो । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा पर्ल फर्नान्डेजले भारतका लागि वियजी गोल गरिन् । उनले दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै गोल गर्दै भारतलाई ...
। आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले भारतको एमसीए प्रेसिडेन्ट ११ सँगको दोस्रो अभ्यास टी-२० खेल पनि जितेको छ । शनिबार ब्राबोर्न स्टेडियममा भएको खेलमा नेपालले एमसीए प्रेसिडेन्ट ११ लाई ४८ रनले पराजित गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको एमसीएले २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन मात्र बनायो । एमसीएका ...
। थाइल्यान्ड आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटबाट एक खेल खेल्नुअगावै बाहिरिएको छ । शुक्रबार भएको सुपर सिक्सअन्तर्गतको खेलमा अमेरिकासँग २८ रनले पराजित भएसँगै थाइल्यान्डको विश्वकपमा छनोट हुने सम्भावना सकिएको हो । सुपर सिक्समा शून्य अंकबाट सुरुवात गरेको थाइल्यान्डले अब अन्तिम खेल जितेपनि पर्याप्त हुने छैन । अमेरिकाले दिएको १२९ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १९ ओभरमा १०० रनमा ...
। यही फेब्रुअरी दोस्रो सातादेखि थाइल्यान्डमा सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा नेपालको कप्तानी पूजा महतोले गर्ने भएकी छन् । नियमित कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यसअघिकी उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो । प्रतियोगिताका लागि पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा भएको छ । पूजाले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम