मुख्य समाचार
रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या
रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या

— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ ।


सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो ।


ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट निजी जग्गा भाडा लिएर सञ्चालन गरिरहेको महोत्सवका संयोजक लखन स्वारले बताए ।

‘गत वर्षसम्म ५ नंम्बर वडामा अवस्थित रुक्मिणी माध्यमिक विद्यालयको मैदानमा महोत्सव हुन्थ्यो । यसवर्ष विद्यालयले त्यहाँ कार्यक्रम गर्न नदिएपछि बाहिर गर्नुपर्‍यो । छिप्रिदह छेउको गहुँबारी भाडामा लिएर कार्यक्रम गरिरहेका छौं,’ उनले भने, ‘चार जनाको जग्गामा प्रतिव्यक्ति ५ देखी १० हजारसम्म तिरेर १५ दिनका लागि कूल ५० हजार रुपैयाँमा भाडामा लिएर कार्यक्रम गर्नुपरेको छ ।’

अघिल्ला वर्षसम्म महोत्सव गर्न दिएको विद्यालयले यस वर्षदेखि भने पठनपाठनमा असर पर्ने भएकाले अनुमति नदिएको रुक्मिणी मावि शिक्षक–अभिभावक संघका अध्यक्ष फणिन्द्र आचार्यले बताए ।


रुकुमकोटमा कार्यक्रम तथा खेलकुद गतिविधि सञ्चालन गर्न विद्यालयको यही मैदानबाहेक अरु ठाउँ नभएको भन्दै सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले यो समस्या समाधानका लागि कोशिस भने गरिरहेको बताए ।

‘वडा नं. ६ स्थित ढकलबारामा ३१ सय वर्गमिटर जग्गा खरिद गरिरहेका छौं । अहिलेसम्म यसमध्ये आधा सरकारी नाममा भए पनि बाँकी जग्गा सरकारीकरण गर्न सकिएको छैन,’ रेउले भन्छन्, ‘त्यस्तै रुकुमकोटमै बसपार्कका लागि भनेर खरिद गरिएको ४५ सय वर्गमिटर जग्ग्गा त छ तर त्यो पनि सरकारीकरण गर्न नसक्दा समितिको नाममा छ ।’



निजी जग्गालाई सरकारले खरिद गर्ने कानुनी व्यवस्था नभएको र अरु उपाय लगाएर सरकारको नाममा पास गर्न खोज्दा पनि कानुनी र प्रक्रियागत झन्झट रहेको बताए । रुकुमकोट र आसपासमा सार्वजनिक स्थानहरु भए पनि ती कोही पायक पर्ने ठाउँमा छैनन् । भएका केही चाहिँ पर्याप्त नभएका कारण यस्ता मेला–महोत्सव गर्न ठाउँ अभाव छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मत तथा पुनर्स्थापनाका कार्यलाई तीव्रता दिएको बताएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेको विद्युत् प्रणालीअन्तर्गत धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः ...
। रास्वपा सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपमाथि छानबिन गर्न पार्टी र सरकारलाई सघाउने बताएका छन् । एक महिलालाई अश्लील गाली गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको अडियो सार्वजनिक भएपछि सुनारले सो अभिव्यक्ति दिएका हुन् । खगेन्द्र सुनारले एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियोसहितको समाचार जनआस्थाले सोमबार सार्वजनिक गरेको थियो । मंगलबार रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएका विवादित अडियोबारे अनुसन्धानको काम अघि बढिसकेको जानकारी गराएको छ । पार्टीका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले अनुशासन आयोगलाई तत्काल काम सुरु गर्नका लागि निर्देशन भएको र निर्देशन अनुसार अनुशासन समितिले पनि काम अघि बढाइसकेको जानकारी आफूले पाएको बताए । यस्तो कुरामा मिति तोक्न सकिंदैन । ...
। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन् । विराटनगरमा आयोजित मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन्। संघले प्रदेशको खुट्टा बाँधेर दौडिन निर्देशन दिएको र काम गर्न नसक्दा उल्टै आरोप खेप्नुपरेको उनले बताए । ‘हामीलाई दौडिन सकेन, दौडिन सकेन भनेर चौतर्फी भनिएको छ, ...
। जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन गरेर ९८ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरूबाट २४ घण्टाको अवधिमा ९८ जनालाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए । पक्राउ पर्नेहरूमा ७६ पुरुष र ११ महिला छन् । सार्वजनिक शान्तिमा खलल पुर्‍याउने, अभद्र व्यवहार गर्ने, बिचौलियाको काम गर्ने, गुण्डागर्दी गर्नेहरू पक्राउ परेको प्रहरीले बताएको छ ...