मुख्य समाचार
रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या
रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या

— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ ।


सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो ।


ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट निजी जग्गा भाडा लिएर सञ्चालन गरिरहेको महोत्सवका संयोजक लखन स्वारले बताए ।

‘गत वर्षसम्म ५ नंम्बर वडामा अवस्थित रुक्मिणी माध्यमिक विद्यालयको मैदानमा महोत्सव हुन्थ्यो । यसवर्ष विद्यालयले त्यहाँ कार्यक्रम गर्न नदिएपछि बाहिर गर्नुपर्‍यो । छिप्रिदह छेउको गहुँबारी भाडामा लिएर कार्यक्रम गरिरहेका छौं,’ उनले भने, ‘चार जनाको जग्गामा प्रतिव्यक्ति ५ देखी १० हजारसम्म तिरेर १५ दिनका लागि कूल ५० हजार रुपैयाँमा भाडामा लिएर कार्यक्रम गर्नुपरेको छ ।’

अघिल्ला वर्षसम्म महोत्सव गर्न दिएको विद्यालयले यस वर्षदेखि भने पठनपाठनमा असर पर्ने भएकाले अनुमति नदिएको रुक्मिणी मावि शिक्षक–अभिभावक संघका अध्यक्ष फणिन्द्र आचार्यले बताए ।


रुकुमकोटमा कार्यक्रम तथा खेलकुद गतिविधि सञ्चालन गर्न विद्यालयको यही मैदानबाहेक अरु ठाउँ नभएको भन्दै सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले यो समस्या समाधानका लागि कोशिस भने गरिरहेको बताए ।

‘वडा नं. ६ स्थित ढकलबारामा ३१ सय वर्गमिटर जग्गा खरिद गरिरहेका छौं । अहिलेसम्म यसमध्ये आधा सरकारी नाममा भए पनि बाँकी जग्गा सरकारीकरण गर्न सकिएको छैन,’ रेउले भन्छन्, ‘त्यस्तै रुकुमकोटमै बसपार्कका लागि भनेर खरिद गरिएको ४५ सय वर्गमिटर जग्ग्गा त छ तर त्यो पनि सरकारीकरण गर्न नसक्दा समितिको नाममा छ ।’



निजी जग्गालाई सरकारले खरिद गर्ने कानुनी व्यवस्था नभएको र अरु उपाय लगाएर सरकारको नाममा पास गर्न खोज्दा पनि कानुनी र प्रक्रियागत झन्झट रहेको बताए । रुकुमकोट र आसपासमा सार्वजनिक स्थानहरु भए पनि ती कोही पायक पर्ने ठाउँमा छैनन् । भएका केही चाहिँ पर्याप्त नभएका कारण यस्ता मेला–महोत्सव गर्न ठाउँ अभाव छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम