मुख्य समाचार
धरानका मेयर हर्क साम्पाङको निर्देशनमा खानेपानीको धारा काटियो
धरानका मेयर हर्क साम्पाङको निर्देशनमा खानेपानीको धारा काटियो

: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो।


हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो।


हर्क साम्पाङलाई आफूलाई धरानको मेयरमा जिताए धरानवासीलाई निःशुल्क खानेपानी वितरण गर्ने घोषणा गरेका थिए। मेयर साम्पाङको निःशुल्क खानेपानी वितरण गर्ने आसमा पानीको महसुल नतिरि बसेका तामाङको घरको खानेपानीको धारा काट्न सोमबार नगर प्रहरी परिचालन गरिएको हो।


चुनावअघि साम्पाङले गरेको चुनावी घोषणापत्र अनुसार आफ्नो घरमा जडान गरेको पानीको महसुल मिनाहा गर्न माग गर्दै धरान नगरपालिका गएका थिए। त्यहाँ मेयर साम्पाङले तामाङलाई नगर प्रहरी लगाएर दुर्व्यवहार समेत गरेका थिए।

मेयरको कार्यकक्षमा साम्पाङ र तामाङबीच भनाभन समेत भएको थियो। त्यसैलाई पूर्वाग्रह राखेर मेयर साम्पाङले खानेपानीको अभाव भइरहेको अवस्थामा खानेपानीको धारा काटेर पानी पिउनबाट वञ्चित गराएको तामाङले आरोप लगाएका छन्।

धरानका मेयर हर्क साम्पाङको निर्देशनमा तामाङको घरमा गएर खानेपानीको धारा काटिदिएको धरान नगर प्रहरीका प्रमुख मेघराज भण्डारीले बताए। उनले मेयर सापको निर्देशनमा नगर प्रहरी परिचालन गरी खानेपानीको जडान गरिएको धारा बन्द गरिएको बताए।

तामाङले धेरै समय सम्म खानेपानीको महसुल नतिरेको कारण मेयर साम्पाङले धारा काटिदिन निर्देशन दिएको भण्डारीले बताए।

इन्द्रबहादुर तामाङ र धरान-१ का बिहानसिंह श्रेष्ठ गत शुक्रबार साम्पाङको कार्यकक्षमा गएर उनी अभियन्ता हुँदा उनले गरेको ‘आह्वान’ अनुसार खानेपानीको महसुल नबुझाई बसेको जानकारी गराएका थिए।

सम्पाङले आफूलाई मेयरमा जिताए धरानवासीलाई खानेपानी निःशुल्क खुवाउने प्रतिबद्धता जनाएका थिए। तामाङले साम्पाङले खानेपानी निःशुल्क खुवाउने भनेपछि आफूले साम्पाङलाई चुनाव जिताउन रातदिन खटेको बताए। साम्पाङ नगर प्रमुख भएपछि समेत ज्ञापनपत्र बुझाउँदै खानेपानीको महसुल मिनाहा गर्न अनुरोध गर्दा हुन्छ भनेको तामाङले बताए।

हाल तामाङको खानेपानीको महसुल रकम ४३ हजार र बिहानसिंहको ३९ हजार बक्यौता रहेको छ। तामाङको घरमा खानेपानीको धारा काटिएको विषयमा बुझ्न पटक-पटक फोन गर्दा साम्पाङले फोन उठाएनन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वधार विकासका लागि विनियोजन गरिएको जनाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा जानकारी गराउन शनिबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै महानगरले कूल बजेटमध्ये ६६ प्रतिशत रकम पूर्वधार विकासका लागि विनियोजन गरिएको जनाएको हो । जसमा पूर्वधार निर्माण तथा सहरी विकास, ...
। दोलखा भिमेश्वर नगरपालिका वडा नं.७ पुवालेको लामोसाघुँ–जिरी सडक–खण्डमा गाडी र स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार ४:३० बजे चरिकोटबाट मकैबारीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५९२८ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०५५ प ०७५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाइ सवारी दुर्घटना भएको हो । स्कुटरमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–३ ...
। संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ । तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रहरूसँग नजिकै भएको बताइएको छ । एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पशुपति शमशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आज आफूहरूका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो ...
महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु हो : उद्योगमन्त्री भण्डारी